Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

संसद भवन अगाडि प्रदर्शन गरिरहेका मानवअधिकारकर्मी पक्राउ


ग्लोबल पाना
आइतबार, कात्तिक १२ २०८०
  • 322
    SHARES

  • images
    संसद भवन अगाडि प्रदर्शन गरिरहेका मानवअधिकारकर्मी पक्राउ

    काठमाडौं। संक्रमणकालीन न्याय सम्बन्धी विधेयक मानव अधिकारमैत्री बनाउनुपर्ने माग राख्दै मानवअधिकारकर्मीहरुले संसद भवन अगाडि प्रदर्शन गरेका छन्। मानव अधिकार तथा शान्ति समाजले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई मानव अ धिकारमैत्री बनाउनुपर्ने माग राख्दै संसद भवन अगाडि प्रदर्शन गरेका हुन्।

    images
    images
    images

    बिभिन्न प्लेकार्डसहित निषेधित क्षेत्रमा प्रदर्शनमा उत्रेका मानवअधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल लगाएतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    फागुन १ गते जनयुद्ध दिवसका नाममा बिदा दिने निणर्य खारेज गर्न र विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्न माग गर्दै समाजले प्रदर्शन गरेको थियो।

    प्रदर्शनमा सहभागिहरुले हत्यारालाई आममाफीः नागरिकमा रुवाबासी, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निणर्य खारेज गर, पिडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर, मानव अधिकारमैत्री ऐन बनाउः संसदको गरिमा जोगाउ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ