Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

अर्थमन्त्री लन्डनमा, लगानी सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै


ग्लोबल पाना
सोमबार, कात्तिक १३ २०८०
  • 294
    SHARES

  • images
    अर्थमन्त्री लन्डनमा, लगानी सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै

    लन्डन। अर्थमन्त्री डा. प्रकाशसरण महत तीन दिने बेलायत भ्रमणका लागि लण्डन आएका छन्। डा. महत सोमबार नेपाली राजदूतावास लण्डनले आयोजना गर्ने एक उच्चस्तरिय लगानी सम्मेलनमा सहभागी हुन बेलायत आएका हुन्।

    images
    images
    images

    सम्मेलनमा डा. महतले नेपालमा लगानीका सम्भावित क्षेत्रका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्ने बताए। उनले सम्मेलन नेपालमा लगानी भित्र्याउन सम्मेलन फलदायी हुने बताएका छन्।

    डा. महत शनिवार साँझ लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिँदा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले स्वागत गरेका थिए। मन्त्री डा. महतसहित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल समेत बेलायत आएका छन्।

    ढकालले लण्डन विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै लगानी सम्मेलनले नेपालमा लगानी प्रर्वधन गर्न महत्वपूणर् भूमिका हुने विश्वास व्यक्त गरे। उनले नेपालमा हाइड्रोपावर, पर्यटन लगायतका क्षेत्रमा बेलायती लगानीकर्ताहरुलाई आर्कषण गर्न सकिने बताए। मन्त्री डा. महतले बेलायतस्थित लगानीकर्ताका अतिरिक्त बेलायती उच्च सरकारी अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रमतय भएको छ।

    मन्त्रीको स्वागतमा बेलायतस्थित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको विमानस्थलमा बाक्लो उपस्थिति थियो। उनी नोभेम्वर १ तारिख नेपाल फर्किने कार्यक्रम तय भएको नेपाली जनसम्पर्क बेलायतका सभापति युवराज गुरुङले जानकारी दिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ