Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आईसीसी टी-२० विश्वकप छनोट : नेपालको शानदार विजयी सुरूवात


ग्लोबल पाना
सोमबार, कात्तिक १३ २०८०
  • 420
    SHARES

  • images
    आईसीसी टी-२० विश्वकप छनोट : नेपालको शानदार विजयी सुरूवात

    काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो।

    images
    images
    images

    नेपालको जितमा कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। ओपनर भुर्तेलले ४८ बलमा ८ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ७४ रनको योगदान दिए। त्यस्तै रोहित पौडेलले अविजित ३५ रन बनाए। उनले २४ बलमा २ चौका र २ छक्कासहित ३५ रन बनाएका हुन्। नेपालका अर्का ओपनर आसिफ शेख र कुशल भुर्तेलले ९ दशमलव १ ओभरमा ८४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत गरेका थिए।

    आसिफले २७ रन बनाए। उनले २६ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाएका हुन् । सिङ्गापुरका लागि अनन्त कृष्ण र अक्षय पुरीले समान एक, एक विकेट लिए। त्यसअघि टस जितेर पहिले व्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रनको योगफल बनाएको थियो।

    सिंगापुरका लागि युवा ओपनर रोहन रंगराजनले सर्वाधिक ४६ रनको योगदान दिए। उनले ३० बलमा ९ चौका र १ छक्कासहित ४६ रन बनाएका हुन्। त्यस्तै आर्यवीर चौधरीले ३७ रन बनाए। उनले २६ बलमा ५ चौकासहित ३७ रन बनाएका हुन्। मनप्रित सिंहले २४ तथा अक्षय पुरीले १३ रन जोडे।

    नेपालका लागि अभिनाश बोहोराले तीन विकेट लिए भने सन्दिप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई, दुई विकेट लिए। नेपालको दोस्रो पटक ट्वान्टी २० विश्वकपमा छनोट हुने लक्ष्य रहेको छ। यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा टि ट्वान्टी विश्वकप खेलेको थियो। अब नेपालले आफ्नो दोस्रो खेल भोलि मलेसियासँग खेल्नेछ।

    विभिन्न आठ टोली सहभागी उक्त प्रतियोगितामा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले आगामी सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा संयुक्तरुपमा आयोजना हुने टि २० विश्वकप खेल्न पाउनेछन्।

    विश्वकपको एशिया छनोटअन्तर्गत समूह ए मा आयोजक नेपालसहित मलेसिया, सिंगापुर र ओमान छन्। त्यस्तै समूह बी मा युएई, हङकङ, बहराइन र कुवेत छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ