Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

दशैँमा यातायात व्यवस्था सहज बनाउन सफल भएकोमा सरकार सन्तुष्ट : मन्त्री ज्वाला


ग्लोबल पाना
सोमबार, कात्तिक १३ २०८०
  • 488
    SHARES

  • images
    दशैँमा यातायात व्यवस्था सहज बनाउन सफल भएकोमा सरकार सन्तुष्ट : मन्त्री ज्वाला

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ३ वटै तहका सरकारको सक्रियताले दशैँमा ठूला सडक दुर्घटना नभएको दाबी गरेका छन् । आज प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा मन्त्री ज्वालाले ठूलो दुर्घटना नहुने गरी दशैँमा गाउँघर जानेलाई यातायात व्यवस्था सहज बनाउन सफल भएकोमा सरकार सन्तुष्ट रहेको बताएका हुन् ।

    images
    images
    images

    उनले सडक पूर्वाधार र यात्रु ठगिने समस्या समाधान गर्न पालिका, प्रदेश सरकारको महत्त्वपूर्ण भूमिकाले पनि यातायात व्यवस्था सहज हुन सकेको बताए । यातायात व्यवस्था सहज बनाउन सञ्चारमाध्यमले पनि सहज बनाएको उनको भनाइ छ ।

    उनले भने, ‘यो वर्षको दशैँमा यातायात व्यवस्था सहज बनाउन प्रदेश र पालिका सरकारको सहयोगमा सहज भयो । यातायात व्यवस्था सहज बनाउन मिडियाहरूले पनि सहज बनायो । सबैतिरको सचेतता र सक्रियताले गर्दा यस पटकको दशैँमा यात्रुलाई सहजै गाउँघर पुग्ने र काठमाडौँ फर्कने वातावरण बनायौँ ।

    सरकारको ध्यान चाडपर्वमा यात्रुले सास्ती भोग्न नपरोस् भन्ने थियो । केही समस्या भयो होला तर ठूलो समस्या भोग्नुपर्ने अवस्था सरकारले आउन दिएन । यो वर्ष सडक अवरुद्ध हुने अवस्था बनेन । ठूलो दुर्घटना पनि भएन । यसमा सरकारलाई सन्तुष्टि छ ।’

    मन्त्री ज्वालाले सडक पूर्वाधारका धेरै गुनासा रहेको भन्दै ती सडक खण्डमा तत्काल अनुगमन गरी वैकल्पिक सडकबाट यातायात सहजरूपमा सञ्चालन गर्ने तयारीमा सरकार रहेको उल्लेख गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ