Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

शरण लिएको स्थानमा नै इजरायली हमला, १४ प्यालेस्टाइनीको मृत्यु


ग्लोबल पाना
मंगलबार, कात्तिक १४ २०८०
  • 366
    SHARES

  • images
    शरण लिएको स्थानमा नै इजरायली हमला, १४ प्यालेस्टाइनीको मृत्यु

    गाजा । मध्य गाजा पट्टीमा भएको इजरायली हमला परी कम्तीमा १४ जनाको मृत्यु भएको छ। सोमबार राति अल नुसेरात शरणार्थी शिविरमा रहेको एक आवासीय परिसरमा इजरायली हवाई आक्रमण परी कम्तीमा १४ जनाको मृत्यु भएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ।

    images
    images
    images

    वाफाका अनुसार पीडितहरूलाई देइर अल बालाहको अल अक्सा अस्पतालमा ल्याइएको थियो, जहाँ उनीहरूलाई मृत घोषित गरिएको थियो। तिनीहरू माकोसी र बकरी परिवारका थिए, जो गाजा पट्टीको उत्तरबाट भागेर शिविरको अल दावा जिल्लाको हमदान परिवारको भवनमा शरण लिएका थिए।

    यसैबीच उत्तरी गाजाको ताल अल-हवा क्षेत्रमा अवस्थित अल-कुड्स अस्पतालको आसपास तोपखाना र हवाई आक्रमणका आवाज सुनिएका छन्। प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीले अल- कुड्स अस्पतालको वरपरको उत्तरी गाजाको ताल अल-हवा क्षेत्रमा लगातार तोपखाना र हवाई आक्रमणहरू भइरहेको रिर्पोट गरेको छ।

    ‘जसका कारण भवनहरु हल्लिरहेका छन् र विस्थापित नागरिकहरू र काम गर्ने टोलीहरूले डर र त्रासको अनुभव गरिरहेका छन्,’ रेड क्रिसेन्टले सामाजिक सञ्जाल पोस्टमा भन्यो।

    सो अस्पतालले हाल गाजाका सयौं बिरामी र १२ हजार भन्दा बढी विस्थापित नागरिकहरूलाई आश्रय दिइरहेको छ। सोमबार रेड क्रिसेन्टले भने कि इजरायलले तत्काल अस्पताल खाली गर्न चेतावनी दिएको थियो।

    तर, मानव अधिकार विशेषज्ञहरूले अस्पतालको सुविधामा प्रत्यक्ष प्रहार युद्ध अपराध हुने चेतावनी दिएका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ