Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नेपालमा वैदेशिक लगानी भित्र्याउने विषयमा अर्थमन्त्री डा. महत र परराष्ट्र राज्यमन्त्री आनमेरीबिच भेटवार्ता


ग्लोबल पाना
बुधबार, कात्तिक १५ २०८०
  • 319
    SHARES

  • images
    नेपालमा वैदेशिक लगानी भित्र्याउने विषयमा अर्थमन्त्री डा. महत र परराष्ट्र राज्यमन्त्री आनमेरीबिच भेटवार्ता

    लण्डन । अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत) की परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच लण्डनस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार भेटवार्ता भएको छ ।

    images
    images
    images

    भेटका अवसरमा नेपाल-बेलायत द्विपक्षीय सम्बन्धका बिभिन्न विषयका साथै विशेष गरी बेलायतबाट नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि परराष्ट्र मन्त्रालयको सहयोगको लागि आग्रह गर्नुभयो ।

    कोभिड महामारीले गर्दा नेपालको वित्तीय स्रोतसाधनमा आएको कमी, सामाजिक सुरक्षामा गरिएको लगानी, आन्तरिक र बाह्य ऋण बृद्धि भएकाले लगाानीयोग्य पुँजीमा कमी भएकाले नेपालमा वाह्य लगानीको आवश्यकता रहेको उहाँले बताउदै उहाँले ग्लास्गोमा सम्पन्न कोप २६ पछि बेलायतको प्राथमिकता हरित उर्जा भएकाले यस क्षेत्रमा लगानी वृद्धि हुने विश्वास आफुले लिएको बताउनु भयो ।

    साथै उहाँले सूचना प्रविधि, शिक्षा र पर्यटन क्षेत्रमा बेलायतबाट लगानीका लागि समेत आग्रह गर्नु भयो । जलवायु परिवर्तनका असरहरु सिर्जना हुनुमा नेपालको भुमिका नरहे पनि यसका कारण नेपालले भोग्नु परेका समस्याको न्यूनीकरणका लागि बेलायत सरकारको थप सहयोगका लागि समेत उहाँले आग्रह गर्नुभयो ।

    साथै, उहाँले भूतपूर्व गोर्खाहरुको सम्बोधन गर्न बाँकी मागहरुको सम्बोधनका लागि परराष्ट्र राज्यमन्त्री ट्रेवल्यानलाई आग्रह गर्नुभयो । परराष्ट्र राज्यमन्त्री ट्रेवल्यानले बेलायत नेपालको विकास साझेदार रहदै आएको र भविष्यमा पनि सहयोगमा निरन्तरता हुने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

    उहाँले बेलायतबाट नेपालका प्राथमिकताका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने विषयमा आफु सकारात्मक रहेको पनि बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ