Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

मानव अधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन जिल्ला समिति कास्कीको बैठक


ग्लोबल पाना
बुधबार, कात्तिक १५ २०८०
  • 284
    SHARES

  • images
    मानव अधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन जिल्ला समिति कास्कीको बैठक

    पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले भौतिक तथा मानबिय बिकास बिना मानब अधिकारको पूर्ण प्रत्याभुति असम्भब भएको बताउनु भएको छ ।

    images
    images
    images

    नेपालको संविधानले आधारभुत अधिकार सहितका मानव अधिकारको पूर्ण प्रत्याभूत गरेको बिषय भएको र कास्कीका कुनै पनि नागरिक मानव अधिकारको पहुँचबाट टाढा हुन नपर्ने गरि कार्य गर्न कास्कीका सम्पूर्ण पालिका सहित सरोकारवालाहरूलाइ आग्रह गर्नुभयो ।

    पौडेलले मानव अधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन जिल्ला समिति कास्कीको मंगलबार सम्पन्न समिक्षा बैठकको अध्यक्षता गर्दै सो कुरा बताउनु भएको हो । अध्यक्ष पौडेलले दिगो बिकासको लक्ष्य प्राप्तिको आधारभुत बिन्दु नै मानव अधिकारको कार्यान्वयनबाटै शुरु हुने हुँदा मानव अधिकार उल्लंघनका गुनासा सुन्नु नपर्ने गरि कार्यगर्न आग्रह गर्नुभयो।

    मानव अधिकार मैत्री नीति नियम ऎन कानुनको पूर्ण कार्यान्वयनमा कुनै कसर बाकी नराख्न पौडेलले आग्रह गर्नुभयो । न्युनतम मानव अधिकारको प्रत्याभुती बिना हुने बिकासले कुनै अर्थ नराख्ने भन्दै समतामूलक समाज बिकास र ब्यक्ति ,समाज र राष्ट्रको सर्बाङ्गिण बिकासमा मानव अधिकार महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

    कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले सबै सरकारी र गैरसरकारी संस्थाहरूले आ -आफ्नो बिषयगत जिम्मेवारी पूरा गरेमा कार्ययोजनाको लक्ष्य पूरा हुने भन्दै सबै सरकारी निकाय यसमा गम्भीर रहेको उल्लेख गर्नुभयो ।

    नागरिकका मानव अधिकार उल्लंघनमा हुने कुनैपनी घटना क्षौम्य नहुने उहाँको भनाइ थियो। नतिजामुखी कार्य टड्कारो आबश्यकता भएको भन्दै राज्यको उपस्तिथि प्रभाबकारी देखिने गरि काम गर्न आग्रह गर्नुभयो। बैठकमा कास्कीका पाँच ओटा पालिका सहित सदस्य रहेका सरकारी तथा गैरसरकारी सदस्य संस्थाहरूले कास्कीमा मानव अधिकारको अबस्था , कमिकमजोरी र सुधारका उपायका सम्बन्धमा प्रतिबेदन पेश गरेका थिए।

    मानव अधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन जिल्ला समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समितिकाका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न बैठकको संचालन जिल्ला समन्वय अधिकारी नबराज बरालले गर्नुभएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ