Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

डब्लुएचओ दक्षिण पूर्व एशिया क्षेत्रको निर्देशकमा नेपाल पराजित, बंगलादेशले जित्यो


ग्लोबल पाना
बिहीबार , कात्तिक १६ २०८०
  • 272
    SHARES

  • images
    डब्लुएचओ दक्षिण पूर्व एशिया क्षेत्रको निर्देशकमा नेपाल पराजित, बंगलादेशले जित्यो

    काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेद विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्व एशिया क्षेत्रको निर्देशकमा निर्वाचित भएकी छन् ।

    images
    images
    images

    “सदस्य राष्ट्रहरूले दक्षिण-पूर्वी एसियाका लागि क्षेत्रीय समितिको ७६ औं सत्रमा साइमा वाजेदलाई निर्वाचित गरे,” डब्लूएचओको विज्ञप्तिमा भनिएको छ।

    यस पदका लागि भएको निर्वाचनमा साइमा (५०)ले नेपालका उम्मेदवार डा. शम्भुप्रसाद आचार्यलाई पराजित गरिन् ।

    साइमाले एक्समा लेखिन् ‘म डब्ल्यूएचओको दक्षिण-पूर्व एशिया क्षेत्रको नयाँ निर्देशक चुनेकोमा सदस्य देशहरूलाई आभार व्यक्त गर्छु ।’

    बंगलादेशको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘नव नियुक्त क्षेत्रीय निर्देशकले फेब्रुअरी १, २०२४ मा पदभार ग्रहण गर्नेछिन्।’

    साइमाले सन् २०२४ देखि २०२८ सम्म यो पद सम्हाल्ने छिन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ