ललितपुर । जावलाखेल खेलकुद मैदान जावलाखेलमा यहि कार्तिक १४ देखि पुष्प मेला सुरु भएको छ । प्रत्येक वर्ष आयोजना हुने यो १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हो ।
फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना पुष्प विकास केन्द्रको सहआयोजना र कृषि पूर्वधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रको सहयोगमा सुरु भएको मेला कात्तिक १८ गतेसम्म चल्नेछ ।
मेलामा मुख्य आकर्षण भनेको विभिन्न थरीका गोदावरी फूलहरू हुन् । मेलामा विभिन्न नर्सरीले उत्पादन गरेको गोदावरी फूलको इन्कर्भ वा इन्टर मिडियट, रेफ्लेक्स, स्पाइडर र मिनियचरलगायतका गोदावरी फूलहरूको प्रदर्शन गरिएको छ ।
साथै यसै विधामा नर्सरीलाई पुस्कृत पनि गरिएको छ । मेलामा फूलबाहेक पुष्पसम्बन्धी बीउबिजन, मल, विषादी, औजार र उपकरण पनि बिक्रीको लागि राखिएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


