Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल आँखा अस्पताल र नेपाल दृष्टिविहिन कल्याण संघ बिच न्युन दृष्टि तथा दृष्टिविहिनको लागि सम्झौता


ग्लोबल पाना
बिहीबार , कात्तिक १६ २०८०
  • 276
    SHARES

  • images
    नेपाल आँखा अस्पताल र नेपाल दृष्टिविहिन कल्याण संघ बिच न्युन दृष्टि तथा दृष्टिविहिनको लागि सम्झौता

    काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र नेपाल दृष्टिविहिन कल्याण संघ बिच समुदायका विभिन्न स्थानहरुमा दृष्टिविहिन तथा न्युन दृष्टि भएकाहरुको लागि आवश्यक पर्ने पुनस्थापना तथा न्युन दृष्टि सेवा उपलब्ध गराउनको लागि सहमतीमा नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेल एवं नेपाल दृष्टिविहिन कल्याण संघका अध्यक्ष तिर्थराज वन्तको संयुक्त रुपमा हस्तान्तरण गरिएको छ ।

    images
    images
    images

    समुदाय स्तरमा न्युन दृष्टिभएकाहरुको पहिचान गरी निजहरुको व्यवस्थापन तथा व्यवसायिक तालिम दिई निजहरुलाई समाजमा पुनः स्थापित गर्ने उद्धेश्य रहेको छ । उक्त कार्यक्रममा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको कार्यसमिती सदस्य बिमल कुमार पौडेल, नेपाल आँखा अस्पतालको कार्यकारी अधिकृत धर्मराज गोसाई, नेपाल आँखा अस्पतालमा कार्यरत बरिष्ठ दृष्टि विशेषज्ञ एवं न्युन दृष्टि विशेषज्ञ डा. अरुण प्रसाद ढुंगाना, नेपाल दृष्टिविहिन कल्याण संघका विभिन्न पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

    उक्त सम्झौता अनुसार दृष्टिविहिन तथा न्युन दृष्टि भएकाहरुको पहिचान गरी उनीहरुलाई निशुल्क आँखा जाँच गर्ने, न्युन दृष्टि उपकरणहरु उपलब्ध गराँउने, व्यवसायिक तालिम दिने, आर्थिक अवस्था नाजुक भएका तथा उपचार वा शल्यक्रिया गराउन आवश्यक पर्ने तर असमर्थ भएका व्यक्तिहरुको निशुल्क वा सहुलियत शुल्कमा उपचार गर्ने योजना समेत रहेको बरिष्ठ दृष्टि विशेषज्ञ एवं न्युन दृष्टि विशेषज्ञ डा.अरुण प्रसाद ढुंगानाले जानकारी गराएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ