Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

बागमती प्रदेश भित्रका कृषकहरुलाई १ दिने खाद्य स्वच्छता सम्बन्धि तालिम


ग्लोबल पाना
शुक्रबार, असोज २६ २०८०
  • 664
    SHARES

  • images
    बागमती प्रदेश भित्रका कृषकहरुलाई १ दिने खाद्य स्वच्छता सम्बन्धि तालिम

    काठमाडौं । बागमती प्रदेश भित्रका कृषकहरुलाई १ दिने खाद्य स्वच्छता सम्बन्धि तालिम काठमाडौंकाे जमलमा प्रदान गरिएको थियाे । फिड द फ्युचर ईन्नोभेसन ल्याब फर फुड सेफ्टीको नेपाल शाखाको आयोजनामा जमलकाे होटल प्यागोडामा प्रदेशका विभिन्न स्थानीय तहबाट आउनु भएका कृषकहरुलाई तालिम प्रदान गरिएको हो ।

    images
    images
    images

    कृषि तथा वन विज्ञान विश्वविद्यालयका डोरेक्स निर्देशक डा. ऋषिराम कट्टेलको अध्यक्षतामा भएको तालिम कार्यक्रममा विभिन्न विज्ञहरुले खाद्य स्वच्छता सम्बन्धि ५ वटा कार्यपत्रहरु प्रस्तुत गर्नु भएकाे थियाे ।

    निर्देशक कट्टेलले कार्यक्रमलाई संवोधन गर्दै लामो समय जिउनका लागि खाद्य स्वच्छता र सुरक्षा महत्वपूर्ण रहेको भन्दै हाम्रा उत्पादनहरु गुणस्तरीय छन् छैनन् भनेर अनुसन्धान गरिरहेको र खाद्य स्वच्छतामा सबैले ध्यान दिनुपर्ने कुरा आग्रह गर्नु भयाे ।

    कार्यक्रममा बिशेष अतिथि कृषि तथा वन विज्ञान विश्व विद्यालय सेवा आयोगका सदस्य प्रोफेसर डा. पुष्कर बहादुर पाल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका डिन डा. अर्जुन कुमार श्रेष्ठ, टिनेसे स्टेट युनिभर्सिटीका प्रोफेसर डा. एजनेस किलोन्जो एनथेन्गेले खाद्य स्वच्छताको आवस्यकता र महत्वका विषयमा प्रकाश पार्नु भएकाे थियाे ।

    यसै गरी कृषि तथा वन विज्ञान विश्वविद्यालयका सह प्राध्यापक रामहरी तिमिल्सिनाले स्वागत मन्तव्य व्यक्त गर्दै तालिम कार्यक्रमका बारेमा जानकारी गराउनु भएकाे थियाे ।

    तालिममा खाद्य सुरक्षाको अवधारणा तथा खाद्यजन्य रोग एवं ताजा उत्पादनमा सुक्ष्मजीव र तिनीहरुको संभावित जोखिमका बिषयमा सहभागीहरुलाई कृषि तथा वन विज्ञान विश्व विद्यालय सेवा आयोगका सदस्य प्रोफेसर डाक्टर पुस्कर बहादुर पालले सहभागीहरुलाई प्रशिक्षित गर्नु भएकाे थियाे ।

    यसै गरी कृषि अनुसन्धान परिषद्की वैज्ञानिक डा. सावित्रा अधिकारीले पशुधन प्रदुषण जोखिम, फसल भित्र्याउदा र भण्डारण गर्दा खाद्य स्वच्छतालाई कसरी ध्यान दिने भन्ने बारेमा स्पष्ट पारेकी थिईन् ।

    यसै गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका बरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहन कृष्ण महर्जनले नेपालमा फुड सेफ्टीको वर्तमान अवस्थाको बारेमा ब्याख्या गरेका थिए ।

    यस्तै ताजा उत्पादनमा रसायनको संभावित जोखिमहरुका बारेमा प्लान्ट क्वारेन्टाईन एवं कीटनाशक व्यवस्थापन केन्द्रका प्लान्ट प्रोटेक्सन अधिकृत देवराज अधिकारीले ब्याख्या गरेका थिए ।

    कार्यक्रममा विभिन्न स्थानीय तहबाट आएका सहभागी कृषकहरुले तालिमबाट आफूहरुले थुप्रै कुराको जानकारी लिएको बताएका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ