Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

सिटी एक्सप्रेसको उपहार योजना अन्तर्गतको १ लाख पुरस्कार स्वादेन लिम्बूलाई


ग्लोबल पाना
बिहीबार , कात्तिक १६ २०८०
  • 351
    SHARES

  • images
    सिटी एक्सप्रेसको उपहार योजना अन्तर्गतको १ लाख पुरस्कार स्वादेन लिम्बूलाई

    काठमाडौं । स्वादेन लिम्बूले सिटी एक्सप्रेसको १ लाख रुपैयाँ जितेका छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैंतिहार र छठलाई लक्षित गरी लगातार ६१ दिनसम्म चल्ने गरी सुरु गरेको ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’ उपहार योजनाअन्तर्गतको पहिलो विजेता लिम्बू बनेका हुन् ।

    images
    images
    images

    लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही १ लाख, हरेक हप्ता ५ जनालाई जनही २५ हजार साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेतालाई जनही ५०० रुपैयाँको वालेट टप अप र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा उल्लेख छ ।

    सोही योजनाअनुरुप अहिलेसम्म ३ हजार १ सय जनाले ५०० रुपैयाँको वालेट टप अप तथा २० जना साप्ताहिक विजेताले जनही २५ हजार जितिसकेका छन् भने १ जना भाग्यशाली मासिक विजेताले १ लाख जित्न सफल भएका छन् ।

    कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा बेलायतबाट रेमिट्यान्स पठाउने लिम्बूले १ लाख जितेका हुन् । कम्पनीका अनुसार यो योजना असोज १५ देखि मंसिर १५ सम्म लागू हुनेछ ।

    यो अवधिभर सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूणर् सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ ।

    सिटी एक्सप्रेसका देशभर छरिएर रहेका २५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधा प्रदान गर्दै आइरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ