Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सरकारले आज र भोलि ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै


ग्लोबल पाना
शुक्रबार, कात्तिक १७ २०८०
  • 318
    SHARES

  • images
    सरकारले आज र भोलि ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै

    काठमाडौं। सरकारले आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ। यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य मन्त्रालयको आह्वान र संयोजकत्वमा आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो।

    images
    images
    images

    सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक नियमित रुपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको छ। तर, यसअघि नियमित रुपमा परेको मितिमा यसपटक नेपालीहरुको महान पर्व बडा दशैं परेपछि पूर्वनिर्धारित मिति सार्नु परेको थियो।

    जसकाकारण यसपटक सो कार्यक्रम कात्तिक १७ र १८ गते राखिएको हो। दुई दिनसम्म चल्ने सो अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

    यसका अनुसार सोही कार्यक्रम अन्तर्गत आज र भोलि गरी यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने योजना रहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ