Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

पोखराको फिस्टेल एकेडेमीले 'फिस्टेल स्पोर्टस् फेस्ट' आयोजना गर्ने


ग्लोबल पाना
शुक्रबार, कात्तिक १७ २०८०
  • 264
    SHARES

  • images
    पोखराको फिस्टेल एकेडेमीले 'फिस्टेल स्पोर्टस् फेस्ट' आयोजना गर्ने

    पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ तल्लो बिरौटामा अवस्थित फिस्टेल एकेडेमी माध्यमिक विद्यालयले यही मङ्सिर २७ देखि ३० सम्म 'फिस्टेल स्पोर्टस् फेस्ट' आयोजना गर्न गइरहेको छ ।

    images
    images
    images

    विक्रम संवत् २०५१ मा स्थापना भई लामो समयसम्म शिक्षा र खेलकुद क्षेत्रमा ठुलो योगदान पुऱ्याउँदै आइरहेको यस विद्यालयले आफ्नो २९ औं वार्षिकोत्सवको अवसर पारेर सो कार्यक्रमको आयोजना गर्न लागेको हो ।

    एसईई २०७९ मा ४ जिपिए सहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल यस विद्यालयले विगत दुई वर्षदेखि आफूलाई गण्डकी प्रदेशकै एकमात्र प्रगतिशील विद्यालय (Progressive School) को रूपमा अगाडि बढाउँदै आएको छ ।

    आईबी पिवाईपी (IB PYP) प्रस्तावित यस विद्यालयले आयोजना गर्ने यस खेलकुद कार्यक्रममा देशविदेशका विभिन्न विद्यालयहरू सहभागी हुने छन् ।

    बास्केटबलतर्फ छात्र तथा छात्रा दुवै र सेभेन ए साइड फुटबलमा छात्र समूह सहभागी हुने गरी गर्न लागिएको सो प्रतियोगितामा देश विदेशका विद्यालयहरूले कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराउन सक्ने छन् ।

    तीनओटै खेलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ७५ हजार, ३५ हजार र २० हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसै गरी लन टेनिसतर्फ छात्र र छात्रा दुवैमा १६ वर्षमुनि, १२ वर्षमुनि र ९ वर्षमुनिका खेलहरू रहने छन् ।

    लन टेनिस प्रतियोगितामा पनि आकर्षक पुरस्कार रहेको विद्यालयले जनाएको छ । विद्यार्थीहरूमा शैक्षिक विकासका साथसाथै खेलकुदमार्फत उनीहरूको चौतर्फी विकास गराउने उद्देश्यले सो कार्यक्रमको आयोजना गर्न लागिएको कुरा विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले जानकारी गराउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ