Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

आत्मज्ञान प्रचार संघद्वारा प्रहरी शिक्षालय भरतपुरमा डा. पन्थीकाे जिबन बचाउने तालिम


ग्लोबल पाना
शुक्रबार, कात्तिक १७ २०८०
  • 1,198
    SHARES

  • images
    आत्मज्ञान प्रचार संघद्वारा प्रहरी शिक्षालय भरतपुरमा डा. पन्थीकाे जिबन बचाउने तालिम

    भरतपुर । आत्मज्ञान प्रचार संघ भरतपुरको आयोजनामा पिस एजुकेसन र डा. लक्ष्मी पन्थीको जिबन बचाउने तालिम सम्पन्न भएको छ।

    images
    images
    images

    प्रहरी कलेजको सभाहलमा गरिएको सो कार्यक्रममा डीआइजी, एसपी, डीएसपी, इन्स्पेक्टरहरु, प्रसिक्षलयका सम्पूर्ण कर्मचारी, प्रहरीहरु, गरि १३२ जनालाई डा. पन्थीद्वारा तालिम प्रदान गरिएको थियो ।

    सोही तालिममा अन्तर्राष्ट्रिय शान्तिदुत गिनिज बुक अफ द वल्ड रेकर्ड होल्डर प्रेम रावतकाे पिस एजुकेसन कार्यक्रम पनि देखाइएको थियो र हिएर योर्सेल्फ भन्ने विश्व चर्चित पुस्तक पनि प्रहरी लाईब्रेरीको लागि आत्मज्ञान प्रचार संघ द्वारा हस्तान्तरण गरिएको थियो।

    कार्यक्रम पश्चात डीएसपी प्रेम बहादुर के.सी ले ड्यूटीमा खटिदा जीवन बचाउन सक्ने हुनाले सम्पूर्ण प्रहरीहरुलाई यो तालिम गराइनु पर्ने कुरामा जोड दिनुभयो।

    received_1008524160206240.jpeg

    तालिममा डा. पन्थीले ‘तपाइँले पाँच जनाको जीवन बचाउन सक्नुहुन्छ’ अर्थात् ‘यु क्यान सेभ फाइप लाइभ्स’ अभियान अन्तर्गत हृदयघात हुने, बाह्य रक्तस्राव, सिपिआर, बेहोसलगायत, घाँटीमा केही अड्किएर वा सर्किएका बिरामीलाई तत्काल बचाउन गरिने विधि, हृदयघात हुँदा तत्काल र अन्तिम अवस्थामा बचाउने विधि, घटनास्थलमा रक्तस्राव तत्काल रोक्ने प्रक्रिया र विधिहरु, बेहोस हुँदा अपनाउनुपर्ने (CPR) विधि, आपत्कालीन अवस्थामा देख्ने व्यक्तिले तत्काल घट्नास्थलमै बचाउन सक्ने प्रयोगात्मक विधिबारे सहजीकरण गरिएको थियो ।

    सो कार्यक्रममा उद्योग बाणिज्य संघका उपाध्यक्ष सिरीस पन्त र आत्म ज्ञान प्रचार संघको तर्फबाट मोहन लाल श्रेष्ठ, गंगा अधिकारी, प्रमिला ढकाल, रश्मी बस्याल, मनी रेग्मी र साधाना सामरी उपस्थित थिए भने टेक्निकल भाग स्टाफ नर्स अञ्जना पुर्जाले सहयोग गरेकी थिईन्।

    अभियान कल्पनाकार डा. पन्थी यो अभियानको हाल नेपाल एबम बेलायलत्मा कार्यरत डाक्टर हुन् । उनीले जीवन बचाउने तालिम विगत ५ वर्षदेखि सामाजिक मन्त्रालय देखि पालिका, अस्पताल, प्रहरी, कलेज र विभिन्न क्लब जस्ता निकाय मार्फत हाल सम्म १४ जिल्लामा गर्दै आएको जानकारी दिइन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ