Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

भूकम्प पीडितलाई एनआरएनए जापानले तत्काल १५ लाख येन राहत उपलब्ध गराउने


ग्लोबल पाना
शनिबार, कात्तिक १८ २०८०
  • 407
    SHARES

  • images
    भूकम्प पीडितलाई एनआरएनए जापानले तत्काल १५ लाख येन राहत उपलब्ध गराउने

    जापान । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानले भूकम्प पीडितलाई तत्काल १५ लाख येन राहत उपलब्ध गराउने भएको छ ।

    images
    images
    images

    शनिबार विज्ञप्ति जारी गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्बाट दश लाख र एनआरएनए जापान क्षेत्रीय समितिद्वारा जापानी येन ५ लाख गरी १५ लाख येन उपलब्ध गराउने जानकारी दिएका हो । भूकम्पका मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै संघले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

    ‘पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर शुक्रबार राती  गएको ६.४ रेक्टर स्केलको विनाशकारी भूकम्पमा परी नेपालका त्यस क्षेत्रका सयौँको ज्यान जानुका साथै हजारौँ घाइते भई ठूलो मात्रामा भौतिक क्षति भएको खबरले हामीलाई मर्माहत बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विनाशकारी भूकम्पमा परि ज्यान गुमाउन हुने मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । यस कठिन अवस्थामा सम्पूणर्मा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं ।’

    प्रवासमा रहेका नेपालीलाई नेपालमा परेको दैविप्रकोप लगायतका घटनाले दुखित बनाउने स्मरण गराउँदै संघले सक्दो सहयोग गर्नु आफ्नो कर्तव्य रहेको बताएको छ । ‘प्रवासमा रहेका हामी नेपालीलाई नेपालमा परेको दैविप्रकोप लगायतका घटनाले दुखित बनाउँछ नै यसका साथसाथै हामी आफूले सक्दो सहयोग गर्नु हाम्रो कर्तव्य पनि सम्झिरहेका हुन्छौं।

    यसै कुरालाई मध्यनजर राख्दै शुक्रबार राती आएको विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाइ मलमपट्टि लगाउन र उहाँहरूको दुःखमा हामीहरू समेत साथमा छौ भन्नका लागि आवश्यक राहतका लागि जापानमा क्रियाशील संघ संस्थाहरुसँगको समन्वय र सहकार्यमा एनआरएनए जापानको नेतृत्वमा भूकम्प पीडित राहत सङ्कलन अभियान सञ्चालन गरिने जानकारी गराउँदछौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    एनआरएनए जापानको नेतृत्वमा भूकम्प पीडित राहत सङ्कलन अभियान सञ्चालन गरिने भएको छ । उक्त अभियानमा सक्रियतापूर्वक सहभागिता जनाई दिनुहुन जापान स्थित संघ संस्था, व्यवसायी, नेपाली नागरिक सम्पूणर्मा विषेश अपिल गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ