Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

रोट्रयाक्ट र रोटरी क्लवद्धारा डा. पन्थीको जीवन बचाउ कार्यशाला सम्पन्न


ग्लोबल पाना
आइतबार, कात्तिक १९ २०८०
  • 1,021
    SHARES

  • images
    रोट्रयाक्ट र रोटरी क्लवद्धारा  डा. पन्थीको जीवन बचाउ कार्यशाला सम्पन्न

    चितवन । हिजाे २०८०-७-१८ गते चितवन रोटरी क्लब र चितवन रोटर्याक्ट क्लबको र आत्मज्ञान प्रचार संघको संयुक्त आयोजना मा "तपाईंले ५ जना को जीवन बचाउन सक्नुहुन्छ" नामक एकदिने कार्यशाला सम्पन्न गरेको छ। उक्त कार्यक्रम को सभापति रोटरी क्लब अफ चितवन का सम्पादक शिरीष पन्त तथा रोटर्याक्ट क्लब अफ चितवन का अध्यक्ष प्रभा गुरुङ रहनु भएको थियो।

    images
    images
    images

    You Can Save 5 Lives संस्था का संस्थापक डा. लक्ष्मी पन्थी ले तपाइँले पाँच जनाको जीवन बचाउन सक्नुहुन्छ’ अर्थात् ‘यु क्यान सेभ फाइप लाइभ्स’ अभियान अन्तर्गत हृदयघात हुने, बाह्य रक्तस्राव, सिपिआर , बेहोस लगायत घाँटीमा केही अड्किएर वा सर्किएका बिरामीलाई तत्काल बचाउन गरिने विधि, हृदयघात हुँदा तत्काल र अन्तिम अवस्थामा बचाउने विधि, घटनास्थलमा रक्तस्राव तत्काल रोक्ने प्रक्रिया र विधिहरु, बेहोस हुँदा अपनाउनुपर्ने सीपीआर विधि, आपत्कालीन अवस्थामा देख्ने व्यक्तिले तत्काल घट्नास्थलमै बचाउन सक्ने प्रयोगात्मक विधिबारे तालिम दिनुभएको थियो।

    तालिम पश्चात् रोटरी क्लब अफ चितवन का सम्पादक एवं उ.वा. संघ चितवन का उपाध्यक्ष शिरीष पन्त ले कार्यस्थल, दुर्घटना स्थल वा अन्य कुनै पनि स्थानमा हुने आकस्मिक घटना मा व्यक्ति को जीवन बचाउन तालिम सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै अध्यक्ष गुरुङ ले आपतकालिन अवस्थामा जीवन बचाउन उपयोगी हुने यस प्रकार को तालिम सम्पुर्ण ले लिनुपर्ने बताउनु भयो र उक्त कार्यक्रममा रोट्य्यट क्लव अफ भरतपुर हाईटका अध्यक्ष सुरज भण्डारीले पनि शुभकामना मन्तव्य राख्नुभयो । क्लवका सदस्य तथा मेडिकल विद्यार्थीहरु गरि ५५ जना सहभागि उक्त कार्यक्रम को संचालन क्लब का सचिव बिपाशा घिमिरे ले गर्नुभएको थियो।

    सोही तालिममा अन्तर्राष्ट्रिय शान्तिदुत गिनिज बुक अफ द वल्ड रेकर्ड होल्डर श्री प्रेम रावतकाे पिस एजुकेसन कार्यक्रम पनि देखाइएको थियो र हिएर योर्सेल्फ भन्ने विश्व चर्चित पुस्तक पनि आत्मज्ञान प्रचार संघ द्वारा हस्तान्तरन गरिएको थियो।

    कार्यक्रममा आत्मज्ञान प्रचार संघको तर्फबाट मनी रेग्मी र स्टाफ नर्स अञ्जना पुर्जाले सहयोग गर्नु भएकाे थियाे । तपाईंले ५ जनाको जीवन बचाउन सक्नुहुन्छ का कल्पनाकार डा. पन्थी नेपाल एबम बेलायतमा रजिष्टर्ड डाक्टर हुनुहुन्छ । डा. पन्थीले याे तालिम २०१९ देखि गरिरहेको र हालसम्म १४ जिल्लामा पुगेको जानकारी ग्लाेवल पानालाई दिनु भयाे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ