Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

सडक मर्मतमा सहयोग पुर्याउँदै नेपाली सेना


ग्लोबल पाना
आइतबार, कात्तिक १९ २०८०
  • 248
    SHARES

  • images
    सडक मर्मतमा सहयोग पुर्याउँदै नेपाली सेना

    खोटाङ । नेपाली सेना स्थानीय बासिन्दासँगै सडक मर्मतका लागि श्रमदान अभियानमा जुटेका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने पङ्खुखोला नजिकको सडक मर्मतका स्थानीय बासिन्दाले सुरुआत गरेको श्रमदान अभियानमा गोरखनाथ गणका २५ जवान दैनिकरूपमा खटिएका हुन् ।

    images
    images
    images

    दिक्तेलबाट सेकुवाखोलासम्म उक्त सडक कालोपत्र भइसकेको छ । तर बीचमा पर्ने पङ्खुखोलामा पुल निर्माणका लागि छाडिएको करिब दुई सय मिटर सडकमा समस्या हुन थालेपछि शुक्रबारदेखि श्रमदानमार्फत मर्मत गर्न थालिएको हो ।

    दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डअन्तर्गत पङ्खुखोला नजिकको सडकमा सडकमाथिबाट खसेको पहिराले हिलाम्मे हुने गरेकाले सेनाको सहयोगमा श्रमदानमार्फत मर्मत सुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठेतले जानकारी दिए ।

    “पङ्खुखोलामा लामो समयदेखि पुल निर्माणको काम अलपत्र छ । करिब ३० प्रतिशत काम गरेर पुल अलपत्र पारेपछि ठेक्कासमेत तोडिएको छ”, उनले भने, “अब नयाँ बोलपत्र आह्वान भएर पुनः पुल निर्माण कहिले सुरु हुने भन्ने टुङ्गो छैन ।

    तर पुल निर्माणका लागि छाडिएको सडकमा निरन्तर सवारीसाधन अवरुद्ध हुन थालेपछि मर्मत सुरु गरिएको हो ।” ठेकेदारको लापरवाहीले पटक-पटक अवरुद्ध हुँदै आएको सडक मर्मतका लागि खटिएका सेनाको टोलीलाई वडाध्यक्ष कठेतले व्यक्तिगत खर्च गरेर खाजा उपलब्ध गराएका छन् ।

    तीन दिनसम्म चल्ने श्रमदान अभियानमा सवारीसाधन फस्ने करिब ७५ मिटर सडक सोलिङ गर्ने योजना रहेको जनाइएको छ । सडक मर्मतका लागि वडाध्यक्ष कठेतको अनुरोधमा निःस्वार्थभावका साथ सहभागी भएको गणपति प्रमुख सेनानी सुजन गुरुङले बताए । “सभ्य समाज निर्माणका लागि सैनिक-नागरिकबीच सुमधुर सम्बन्ध कायम हुनुपर्छ ।

    हामी त्यसमा सचेत भएर अगाडि बढेका छौँ”, उनले भने, “स्थानीय नागरिकलाई परेको समस्या तथा आम नागरिकको सरोकारको विषयमा सेनाको सहयोग रहन्छ । यही भावनाअनुरुप सडक मर्मत गर्न सहभागी भएका हौँ ।” पुलका लागि छाडिएको पूरै सडकमा नाली निर्माणसमेत गरिने जनाइएको छ ।

    सिरुवा कन्ट्रक्सनले विसं २०७३ असोज ७ गतेसम्ममा सम्पन्न गर्ने गरी विसं २०७२ असोज ६ गते पुल बनाउने ठेक्का सम्झौता गरेको थियो । तेस्रोपल्ट थप भएको म्याद २०७७ असोज ३० गते नै नाघिसकेको छ ।

    त्यसयता पुलको म्याद थप भएको छैन । निर्माण कम्पनीले पुल अलपत्र पारेर छाडेपछि नगरपालिकाले ठेकेदारलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन गत चैत २४ गते जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो । पक्राउ पर्ने डरले निर्माण कम्पनीले केही समय काम गरेजस्तो गरे पनि पुनः रोकिएपछि ठेक्का तोडिएको हो ।

    पुनः ठेक्का लागेर पुल निर्माण नहोउन्जेलसम्म त्यसवरिपरिको बाटोमा यात्रा गर्न सहज बनाउने उद्देश्यले सेनासँग समन्वय गरेर श्रमदान सुरु गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । बिग्रिएको सडक मर्मतका लागि आवश्यक ढुङ्गा तथा गिट्टी ओसारपसार गर्न नगरपालिकाले ट्रयाक्टर उपलब्ध गराएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ