काठमाडौं । किर्तिपुरमा जारी आइसीसी टि-२० विश्वकप एसिया छनोटको फाइनल खेलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रन बनाएको हो । नेपालको लागि गुलशन झाले सर्वाधिक ५४ रन बनाए । कप्तान रोहित पौडेलले नटआउट ५२ रन बनाए ।
कुशल भुर्तेलले ३१, करण केसीले २०, सन्दिप जोराले १० रन बनाए । ओमानका लागि बिलाल खानले सर्वाधिक ३ विकेट लिए । अकिब इल्यासले २ र जीसन मकसूदले १ विकेट लिए ।
नेपाल र ओमान दुवै विश्वकपमा छनोट भइसकेकोले यो खेल दुवैका लागि प्रतिष्ठाको मात्र विषय हो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


