काठमाडौं । जाजरकोट भूकम्प पीडितको राहत र पुनःस्थापनाका लागि सरकारको कोषमा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले आफ्नो १ महिनाको तलब दिने भएका छन् ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा निकै ठूलो मानवीय एवं भौतिक क्षति पुगेको छ । भूकम्पमा परी कैयौं नागरिकले ज्यान गुमाएका छन्, सैयौं घाइते भएका छन् ।
‘विपत्तिको समयमा भूकम्पले क्षति पुर्याएका ठाउँमा मानवीय उद्धारको कामलाई अझ तीव्र बनाउँन र पुनस्र्थापनाका लागि सरकारको कोषमा संघीय सांसदको रुपमा प्राप्त हुने १ महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गर्दछु’ सांसद पौडेलले भनेका छन् ।
पौडेलले राहत तथा सहयोगका लागि सहयोगी मन भएका सम्पूर्णमा अनुरोध समेत गरेका छन् । सांसद पौडेलले भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभकाे कामना गरे ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


