भैरहवा। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भूकम्प पीडितका लागि साढे २२ लाख सहयोग गर्ने भएको छ।
जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प पीडितको पुनर्स्थापना, राहतलगायत कार्यका लागि २२ लाख ५४ हजार ५ सय रुपैयाँ र २ सय थान कम्बल सहयोग गर्ने नगरपालिकाले निणर्य गरेको हो।
आइतबार बसेको नगरकार्यपालिकाको बैठकले भूकम्पले बढी क्षति पुरर्याएको जाजरकोट र रुकुम पश्चिमका पीडितहरुका लागि दुवै जिल्लाको जिल्ला विपद् व्यवस्थापन कोषमा वा संघीय सरकारले तोकेको मापदण्ड अनुसार पाँच/पाँच लाख रुपैयाँ प्रदान निणर्य गरेको सिद्धार्थनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए।
.gif)




 x 450 (H) Global Pana.jpeg)


