Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

इजरायल आएका अमेरिकी विदेशमन्त्री प्यालेस्टिनी नेतालाई भेट्न अचानक वेस्ट बैंक पुगे


ग्लोबल पाना
सोमबार, कात्तिक २० २०८०
  • 279
    SHARES

  • images
    इजरायल आएका अमेरिकी विदेशमन्त्री प्यालेस्टिनी नेतालाई भेट्न अचानक वेस्ट बैंक पुगे

    काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आइतबार वेस्ट बैंक पुगेर प्यालेस्टिनी प्राधिकरणका प्रमुख महमूद अब्बाससँग भेटघाट गरेका छन्।

    images
    images
    images

    प्यालेस्टिनी प्राधिकरणले उनीहरुको भेटको तस्बिर पनि सार्वजनिक गरेको छ । इजरायल र हमासबीच जारी युद्धको वातावरणमा ब्लिन्केनको मध्यपूर्व भ्रमण अझै जारी छ।

    ब्लिन्केन र महमूद अब्बासबीच वेस्ट बैंकको रामल्ला सहरमा भेटवार्ता भएको थियो । इजरायल-हमास द्वन्द्व सुरु भएयता ब्लिन्केनको यो दोस्रो मध्यपूर्व भ्रमण हो।

    यसैबीच, विश्वव्यापी आलोचनाको बाबजुद पनि गाजामा इजरायलको सैन्य अभियान जारी छ।

    प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरुका अनुसार इजरायली आक्रमणमा हालसम्म ९५०० भन्दा बढीको मृत्यु भइसकेको छ ।

    अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणमा १४ सयभन्दा बढी मानिस मारिएका थिए भने २४० जना अपहरणमा परेका थिए ।

    अरब नेताहरूले शनिबार इजरायल र हमासबीच युद्धविरामको लागि अपील गरेका छन्। ब्लिन्केनले यो मागलाई अस्वीकार गरेका छन्।

    यसभन्दा एक दिनअघि अरब जगतका नेताहरूले गाजामा इजरायलको आक्रमण जारी रहे पनि गाजामा जारी द्वन्द्वमा सीमित विराम लागू गर्नुपर्ने बताएका थिए ।

    ब्लिन्केनले हमासको उन्मूलनको अवस्थामा गाजामा कसको नियन्त्रण स्थापित गर्ने भन्ने विषयमा छलफल सुरु गर्न चाहेको विश्वास गरिन्छ।

    इजरायलले आफ्नो सैन्य अभियानको उद्देश्य हमासलाई पूणर् रूपमा नष्ट गर्नु रहेको बताएको छ।

    इजरायल-हमास द्वन्द्व गाजामा मात्र सीमित रहोस् र क्षेत्रका अन्य क्षेत्रमा नफैलियोस् भन्ने अमेरिका चाहन्छ ।

    यसबाहेक ब्लिन्केनले गाजाबाट हमासको उन्मूलनपछि प्यालेस्टिनी प्रशासनको भूमिकाबारे पनि छलफल सुरु गर्न चाहेको विश्वास गरिएको छ ।

    गाजामा द्वन्द्व समाप्त भएपछि यहाँको प्रशासनमा प्यालेस्टिनी प्राधिकरणको भूमिकाका बारेमा ब्लिन्केन र महमूद अब्बासबीच छलफल हुने विश्वास गरिएको छ ।

    वेस्ट बैंक पछि, ब्लिन्केन टर्किए पुग्नेछन् । गाजामा जारी रक्तपातको विरोधमा टर्कीले इजरायलबाट आफ्ना राजदूत फिर्ता बोलाएको छ ।

    शनिबार, ब्लिन्केनले जोर्डनमा अरब संसारका विदेश मन्त्रीहरूसँग भेटे। उक्त भेटमा अरब नेताहरूले गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न अपिल गरेका थिए ।

    ब्लिन्केनले आफू पूणर् युद्धविरामलाई समर्थन नगर्ने स्पष्ट पारेका थिए तर गाजाका प्रभावित मानिसहरूसम्म मानवीय सहायता पुग्ने गरी लडाइँको बीचमा मानवीय विराम हुनुपर्छ भन्ने उनको प्राथमिकता थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ