Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

सोमबार मात्रै ५ हजार प्यालेस्टाइनीले उत्तरी गाजा छाडे : राष्ट्रसंघ


ग्लोबल पाना
मंगलबार, कात्तिक २१ २०८०
  • 315
    SHARES

  • images
    सोमबार मात्रै ५ हजार प्यालेस्टाइनीले उत्तरी गाजा छाडे : राष्ट्रसंघ

    काठमाडौं । गाजालाई दुई भागमा विभाजन गरिएको भोलिपल्ट सोमबार मात्रै ५ हजार प्यालेस्टाइनी दक्षिणी सीमातर्फ सरेका छन् । इजरायलले आइतबार घेरामा परेको एन्क्लेभलाई दुई भागमा विभाजन गरेको घोषणा गरेपछि सोमबार मात्रै करिब ५ हजार मानिस उत्तरबाट दक्षिणी गाजातर्फ सरेको संयुक्त राष्ट्रका अनुगमनकर्ताहरूले बताएका छन्।

    images
    images
    images

    इजरायलले सोमबार स्थानीय समय अनुसार १० देखि २ बजेसम्म मात्र चार घण्टाको लागि कोरिडोर खोलेको थियो,’ संयुक्त राष्ट्रसंघले भन्यो, ‘अहिले प्यालेस्टिनीहरूले पैदल यात्रा मात्र गर्न सक्नेछन् किनभने मुख्य क्रसिंग जंक्शनमा जाने सडकहरू धेरै क्षतिग्रस्त भएका छन् ।’

    ‘बालबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरू लगायत सम्पूणर् परिवारहरूले आफ्नो व्यक्तिगत सामानहरू हातमा बोकेर अनिश्चित लामो दुरी हिँडेको रिपोर्ट आएका छन,’ संयुक्त राष्ट्रको राहत एजेन्सीले आफ्नो पछिल्लो दैनिक अपडेटमार्फत भनेको छ ।

    ‘आज त्यहाँ उत्तर गाजा र दक्षिण गाजा भनी विभाजित गरिएको छ,’ इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले आइतबार पत्रकारहरूलाई भनेका थिए । उनका अनुसार इजरायल यतिखेर युद्धको महत्वपूर्ण चरणमा रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ