काठमाडौं। जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट पीडित तथा प्रभावितहरूको उद्दार एवं राहतका लागि नेकपा(एकीकृत समाजवादी)ले २५ लाख रुपैयाँ सहयोग गरेको छ।
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले यस अघि घोषणा गरे बमोजिम २५ लाखको चेक आज सरकारलाई हस्तान्तरण गरेका छन्।
अध्यक्ष नेपालले २५ लाखको चेक बालुवाटारमा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तर गरेका हुन्।
.gif)




 x 450 (H) Global Pana.jpeg)


