Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

इजरायली आक्रमणमा १० हजार बढी प्यालेस्टाइनीकोको ज्यान गयो


ग्लोबल पाना
मंगलबार, कात्तिक २१ २०८०
  • 308
    SHARES

  • images
    इजरायली आक्रमणमा १० हजार बढी प्यालेस्टाइनीकोको ज्यान गयो

    काठमाडौं । इजरायली आक्रामणमा परी अहिलेसम्म १० हजार भन्दा बढी प्यालेस्टाइनीको ज्यान गएको छ । इजरायलले करिब एक महिना अघि सुरु गरेको सैन्य आक्रमणमा परी गाजामा १० हजार भन्दा भन्दा बढी मानिस मारिएका हुन् ।

    images
    images
    images

    प्यालेस्टिनी एन्क्लेभमा रहेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार यो प्रारम्भिक रिर्पोट हो, यसरी मारिनेको संख्या अझै यकिन गर्न बाँकी रहेको छ ।

    इजरायलले अक्टोबर ७ मा इस्लामवादी लडाकु समूहले क्रूर आक्रमण गरेपछि हमास विरुद्ध युद्धको घोषणा गरेको थियो । हमास आक्रामणमा परी इजरायलमा १४ सय मारिएका थिए भने २४० भन्दा बढीलाई अपहरण गरिएको थियो ।

    इजरायलले गाजामा हवाई र जमिन आक्रमण गरेर लडाकु समूहलाई हटाउने वाचा गर्दै बदला लिन सुरु गरेपछि १० हजार भन्दा बढी प्यालेस्टाइनीको ज्यान गएको सिएनएनले जनाएको छ ।

    इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले सोमबार भनेअनुसार उसले गत २४ घण्टामा हमासका सयौं लक्ष्यहरूमा आक्रमण गरेको छ र गाजाको एक सैन्य परिसरलाई नियन्त्रणमा लिएको छ।

    एन्क्लेभ भित्र सप्ताहन्तमा सञ्चार सम्पर्क काटिएपछि गाजाका केही भागहरूमा सञ्चार सेवाहरू बिस्तारै पुनर्स्थापित भइरहेको छ।

    रमल्लाहमा रहेको प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले भनेअनुसार औसतमा मानवीय सहायता बोकेका करिब ३० ट्रकहरू प्रत्येक दिन सीमाबाट गुज्रिरहेका छन्। यद्यपि, यसमा अझै पनि इन्धन आपूर्ति समावेश छैन।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ