Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट


ग्लोबल पाना
मंगलबार, कात्तिक २१ २०८०
  • 258
    SHARES

  • images
    राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट

    जाजरकोट। राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट आइपुगेका छन्। मंगलबार जाजरकोट आइपुगेका राष्ट्रपति पौडेल घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जाजरकोट अस्पताल पुगेका छन्।

    images
    images
    images

    घाइतेहरूको अवस्थाका बारेमा जिल्ला अस्पतालका चिकित्सकहरूसँग जानकारी लिएका राष्ट्रपपति पौडेलले घाइतेहरुको उपचारसहित पीडितलाई गाँसबासको व्यवस्था गर्न सरकारसँग आफूले कुरा गर्ने बताएका छन् । घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन आग्रह गरेपछि राष्ट्रपति पौडेलले यसबारे सरकारसँग आफूले कुरा गर्ने जवाफ दिएका हुन् ।

    राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठवीसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिँदैछन् ।

    राष्ट्रपति पौडेलका साथमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूणर्बहादुर खड्का र प्रधानसेनापति प्रभुराम शर्मा सहभागी थिए।

    सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।

    गत शुक्रबार राति गएको ६.२ म्याग्निच्यु भूकम्प र यसको आइरहेको पराकम्पबाट जाजकोट र रुकुमपश्चिममा ठूलो धनजनको क्षति भएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ