Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नेपालको विकासमा भारतीय सहयोग महत्वपूर्ण : अर्थमन्त्री डा. महत


ग्लोबल पाना
मंगलबार, कात्तिक २१ २०८०
  • 276
    SHARES

  • images
    नेपालको विकासमा भारतीय सहयोग महत्वपूर्ण : अर्थमन्त्री डा. महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको विकासमा भारतीय सहयोग महत्वपूर्ण रहेको बताउनुभएको छ । मंगलबार मन्त्री डा. महतले त्रिविवि शिक्षण अस्पतालको मङ्गलादेबी बर्थिङ सेन्टरको उद्घाटन गर्दै भन्नुभयो, ‘मंगलादेवीको नाममा बर्थिङ सेन्टर स्थापना हुनु खुशीको कुरा हो ।

    images
    images
    images

    नेपाल–भारत सहयोगअन्तर्गत स्मल ग्रान्ट परियोजनाअन्तर्गत २० वर्षदेखि लगातार भारत सरकारले नेपालको महत्वपूर्ण क्षेत्रमा सहयोग गर्दै आएको छ ।’ मन्त्री डा. महतले भन्नुभयो, ‘साना परियोजनाको प्रवाह बढी छ, कार्यान्वयन अवधि छोटो छ । सिधैं स्थानीय तहका जनताले प्रत्यक्ष लाभ यसबाट प्राप्त गर्दछन् ।

    भारतीय सरकार, भारतीय दूतावास काठमाडौं र महामहिम राजदूत धन्यवादका पात्र हुनुहुन्छ ।’ ‘म धेरै अप्ठ्यारो समयमा अर्थमन्त्री बनेको हुँ, कोभिडको प्रभावले आर्थिक गतिविधिमा शिथिलता आएको थियो । मानिसहरुमा निराशा थियो । तर, अहिले विस्तारै गति लिँदैछ’, मन्त्री डा. महतले भन्नुभयो, ‘सामाजिक सञ्जालको पनि जमाना छ ।

    नकरात्मक कुरा छिट्टै लोकप्रिय हुन्छ, यसले आम मानिसमा हो कि भन्ने भ्रम पारदिन्छ ।’ मन्त्री डा. महतले भन्नुभयो, ‘अनुत्पादक क्षेत्रमा लगानी, कोभिडका बेला अत्याधिक पूँजी प्रवाह भयो, प्रतिफल आएन । घरजग्गा व्यवसायमा पनि एकदमै पूँजी प्रवाह भयो, त्यसले पनि केही समस्या पर्यो ।

    सामाजिक सञ्जालमा पोस्ट भएको सामाग्रीले पनि आम मानिसमा आत्मविश्वास कम भएको छ ।’ ‘अहिले रेमिटेन्स वृद्धि भइरहेको छ । पर्यटन व्यवसायमा उत्साह छाएको छ । यसले अर्थतन्त्रको गतिलाई वृद्धि गर्छ । त्यसकारण निराश हुनुपर्ने अवस्था छैन ।

    अब आत्मविश्वास जगाउनुपर्ने आवश्यकता छ । यसका लागि नागरिक समाज, सरकार, निजी क्षेत्र र सबैले खर्च गर्न डराउनुपर्दैन’ मन्त्री डा. महतले भन्नुभयो, ‘भोलिका दिनलाई सम्झेर मानिसहरु खर्च गर्न डराएको स्थिति थियो, अहिले त्यस्तो छैन । प्रतिफल आउँदैन कि भनेर लगानीकर्ताहरु डराएको स्थिति थियो ।

    आम मानिसमा आत्मविश्वास नभएपछि रोजगारीमा असर पर्यो, आयमा असर पर्ने भयो, त्यस्तै राजश्वमा असर पर्ने भयो ।’ ‘पुनर्निर्माणको ऋण तिर्ने बेला भएको छ, कर्मचारीको तलबभत्तासँग सँगै सामाजिक सुरक्षाभत्तामा हामी ठूलो रकम खर्च गर्छौ । यो तीनवटा शीर्षकमा छुटाइएको रकमले गर्दा पूँजीगत खर्च कम विनियोजन गर्नुपरेको छ । जसले गर्दा हामीले धेरै खर्च गर्न सकेका छैनौं’ मन्त्री डा. महतले भन्नुभयो ।

    ‘सीमित समयका लागि हामी अप्ठ्यारोमा परेका थियौं, तर भविष्य उज्यालो छ । विश्व बैंक, एडिबीसँग हामीले जलवायु परिवर्तनको सन्दर्भमा न्यून ब्याजमा ऋण र अनुदानका विषयमा छलफल भएको छ । किनभने जलवायु परिवर्तन हाम्रा कारणले भएको होइन, त्यसकारण त्यसबाट आउने सहयोग नेपालले डिर्जभ गर्छ ।

    यो माग्नेभन्दा पनि हाम्रो अधिकार हो भन्ने कुरामा हामीले जोड दिएका छौं’ मन्त्री डा. महतले भन्नुभयो, ‘सरकारी खर्चमा हामीले अनुशासन कायम गर्न खोजेका छौं । त्यसैले हाम्रो भविष्य उज्वल छ ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ