Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

शेष घलेसँग सहकार्य गर्दै एनआरएनए युके भूकम्प पीडितको सहयोगमा जुट्यो


ग्लोबल पाना
बुधबार, कात्तिक २२ २०८०
  • 253
    SHARES

  • images
    शेष घलेसँग सहकार्य गर्दै एनआरएनए युके भूकम्प पीडितको सहयोगमा जुट्यो

    लन्डन। एनआरएनए युकेले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको सहयोगका लागि डा. शेष घलेको एमआइटी ग्रुप फाउण्डेशन र ग्लोवल एनआरएन फाउण्डेशनसंग सहकार्य गर्ने भएको छ।

    images
    images
    images

    गत आइतबार जुममार्फत भएको एनआरएनए यूकेको आपतकालिन बैठकले डा। घलेको एमआइटीग्रुप र गैर आवासीय नेपाली संघले सामाजिक कार्य गर्न स्थापना गरेको ग्लोवल एनआरएनफाउण्डेशनसंग सहकार्य गर्ने निणर्य गरेको हो ।

    यस सहकार्यसंगै एनआरएनए यूकेले भूकम्प पीडितका लागि आफ्नो तर्फबाट बेग्लै ५ लाख रुपैयांसहयोग गर्ने निणर्य पनि गरेको अध्यक्ष प्रेम गाहामगरले जनाए । संघले गो फण्डमीमार्फत भूकम्प पीडितका लागि चन्दा संकलन समेत शुरु गरेको छ ।

    ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिम लगायत क्षेत्रमा ठूलो जनधनको क्षतिभएको प्रति द्ःख व्यक्त गर्दै अध्यक्ष गाहामगरले मनकारी बेलायतवासी नेपालीलाई सहयोग गर्न पनिअपिल गरेका छन् ।

    एनआरएनए यूके संलग्न भएको एमआइटी ग्रुप फाउण्डेशन र ग्लोवल एनआरएन फाउण्डेशनले५०-५० लाख रुपैयाँ दिने निणर्य गरिसकेका छन् ।

    गत कार्तिक १९ गते आइतबार गैर आवासीय नेपाली संघ र संघका पूर्व अध्यक्ष तथा संरक्षक एवंएमआइटी ग्रुप फाउण्डेशनका संस्थापक अध्यक्ष डा. शेष घलेको उपस्थितिमा भएको संयुक्त बैठकलेराहत तथा उद्दारका लागि पहिलो चरणमा एक करोड भन्दा माथि संकलन गरेको छ।

    यस कार्यका लागि संघका पदाधिकारीले ५० लाख रुपैयां उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरेकाथिए भने एमआइटी ग्रुप फाउण्डेशनले सोही अनुपातमा थप ५० लाख रुपैयाँ उपलव्ध गराउनेप्रतिवद्धतापछि एक करोड रुपैयां संकलन भएको थियो ।

    यसैबीच, २० कार्तिकका दिन दुवै फाउण्डेशनका तर्फबाट पहिलो चरणको राहत वितरण कार्य थालनीभएको छ । स्थानीय निकायको समन्वयमा पहिलो चरणको राहत अन्तर्गत भूकम्पबाट अति प्रभावितक्षेत्र आठबिसकोटका पीडितहरुका लागि एक हजार थान कम्बल र खाद्यान्न लिएर संघका युथ ब्राण्डएम्बासडर दिपेश खत्रीको नेतृत्वमा एक टोली त्यसतर्फ प्रस्थान गरिसकेको संघले जनाएको छ।

    यसका अलवा डा. घलेको नेतृत्वमा संघका सल्लाहकारहरु एसी शेर्पा तथा श्याम तामाङ र एमआइटीग्रुप फाउण्डेशनका सञ्चालक सुरेश चित्रकार सम्मिलित एक संयुक्त टोलीले प्रभावित क्षेत्रको स्लगतअध्ययन गरि पीडित तथा जनप्रतिनिधिहरु र नेपाल सरकारका सरोकारवाला निकायहरुसंगकोछलफल तथा समन्वयमा आगामी दिनका लागि के कस्ता अल्प तथा दीर्घकालिन उद्धार, राहत तथासहयोग गर्दा बढी प्रभावकारी र दिगो हुनुका साथै स्थानीयहरुको प्राथमिकता पुरा गर्न सकिनेछ त्यसैअनुरुप थप सहयोगको खाका तयार गरिने पनि संघको सचिवालयले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ