काठमाडौं । जाजरकोट भूकम्पपीडितका लागि टोखा नगरपालिकाले १० लाख सहयोग गर्ने निणर्य गरेको छ।
टाेखा नगरपालिकाका उपप्रमुख मुराराी तामाङकाे अध्यक्षतामा बसेको बैठकले भूकम्प पीडितको राहत सहयोगका लागि नगरपालिकाको विपद् कोषबाट उक्त रकम उपलब्ध गराउने निणर्य गरेको प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसीले जानकारी दिनु भयाे ।
यस नगरपालिकाभित्र पनि भूकम्पको धक्काका कारण केही घर भत्किन गएको सूचना प्राप्त भएकाले नगरवासीलाई सुरक्षित रहन, कुनै विपद्जन्य अवस्था आइपरेमा नगरपालिकालाई सूचित गर्न अनुरोध गर्ने निणर्य गरेको छ ।
यस नगरपालिकामा कार्यरत कर्मचारीहरु र जनप्रतिनिधिहरुले पनि भुकम्पपिडितहरुलाई सहयोग गर्ने बताइएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


