Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

कृषि विकास बैंकद्धारा भूकम्प पीडितहरुका लागि ५० लाख सहयोग


ग्लोबल पाना
शनिबार, कात्तिक २५ २०८०
  • 473
    SHARES

  • images
    कृषि विकास बैंकद्धारा भूकम्प पीडितहरुका लागि ५० लाख सहयोग

    काठमाडौं । जाजरकोटका भूकम्प पीडितहरुका लागि कृषि विकास बैंक लिमिटेडले ५० लाख रुपैयाँ सहयोग गरेको छ । जाजरकोट रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुम जिल्लामा ठूलो मानवीय तथा जनधनको क्षति भएको थियो ।

    images
    images
    images

    राष्ट्रिय विपदको यस दुःखद घडीमा खोज, उद्धार र राहतकालागि भूकम्पबाट पीडित एवं प्रभावितका लागि सहायतास्वरुप कृषि विकास बैंकल संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पचास लाख रुपैयाँको चेक सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको छ ।

    बैंकले कृषि विकास बैंकमा रहेको प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषको खाता नं. ०१००२०१००२९०७०१४ मा उक्त रकम जम्मा गरेको छ । उक्त चेक कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सम्माननीय प्रधानमन्त्रीज्यूलाई हस्तान्तरण गर्नु भएकाे हाे ।

    कार्यक्रममा उपमहाप्रवन्धक यज्ञ प्रकाश न्यौपाने, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखद्वय ध्रुव पौडेल र सरोज महत एवं प्रधानमन्त्रीका निजी सचिव गंगा दाहालको समेत उपस्थिती रहेको थियो ।

    कृषि विकास बैंकले भूकम्पबाट प्रभावित र पीडितलाई राहत पुग्ने गरी नेपाल सरकारलाई आर्थिक सहयोग गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहालले धन्यवाद ज्ञापन गर्नु भएकाे थियाे ।

    विगतमा पनि कृषि विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भूकम्पबाट प्रभावित र कोरोना महामारीबाट पीडितहरुको लागि नेपाल सरकारबाट गठित सहायता कोषमा रकमजम्मा गरेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ