काठमाडौं । समाजसेवी युवा नुवाकोट जिल्ला हाल अमेरिका बस्ने रुपक लोहनीले जाजरकोट भुकम्प पिडितहरुकाे लागि ५० थान कुकर, ब्लाङ्केट, म्याट, सिरक लगायतका सामाग्रीहरु सहयाेग गर्नु भएकाे छ ।
जाजरकोट जिल्लाकाे रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुम जिल्लामा ठूलो मानवीय तथा जनधनको क्षति भएको थियो ।

राष्ट्रिय विपदको यस दुःखद घडीमा लाेहनीले सहयाेग गर्नु भएकाे राहत सामाग्री जाजरकोटकाे नालगाड नगरपालिका ३ र भेरी नगरपालिका ११ मा वितरण गरिएकाे छ ।

लाेहनी नुवाकोट जिल्ला बेलकोट नगरपालिका वडा नं. १३ मा जन्म भई हाल अमेरिका बस्दै आउनु भएकाे छ । उहाँले विगतमा पनि समाजमा दुख पाएका दुखि, गरिव असाहाय लाई मात्र नभई विभिन्न विद्यालय, मन्दिरहरुमा पनि हरेक किसिमवाट सहयाेग गर्दै आउनु भएकाे छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


