Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

अध्ययनका लागि अमेरिका जाने नेपाली विद्यार्थीको संख्या एक बर्षमा १५ हजार बढी


ग्लोबल पाना
शुक्रबार, मंसिर १ २०८०
  • 289
    SHARES

  • images
    अध्ययनका लागि अमेरिका जाने नेपाली विद्यार्थीको संख्या एक बर्षमा १५ हजार बढी

    काठमाडौं । एकै बर्षमा अमेरिका अध्ययन गर्न जाने नेपाली बिद्यार्थीको संख्या १५ हजार नाघेको छ। नेपालस्थित अमेरिकी दुतावासका अनुसार गत बर्षमा १५ हजार ९० जना नेपाली बिधार्थी अध्यनका लागि अमेरिका पुगेका छन्।

    images
    images
    images

    अन्तर्राष्ट्रिय शैक्षिक एक्सचेन्जबारे सन २०२३ को ओपन डोर्स रिपोर्ट सार्वजनिक भएलगत्तै अमेरिकी दूतावासले यो जानकारी दिएको हो। ‘उक्त रिपोर्ट अनुसार अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको सङ्ख्या गत वर्ष २७‍‍।९ ले वृद्धि भई १५,०९० पुगेको छ, जुन संख्या हालसम्म कै उच्चतम हो’ अमेरिकी दुतावासले भनेको छ।

    शैक्षिक वर्ष २०२२(२०२३ मा १० लाख भन्दा धेरै अर्थात १० लाख ५७ हजार १८८ जना अन्तर्राष्ट्रिय विद्यार्थीहरूको रोजाइमा परेको अमेरिका परेको छ। उसका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको शीर्षस्थ गन्तव्यको रूपमा अझै पनि अमेरिका रहेको जनाउँदै सबैलाई शुभकामना दिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ