Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

इजरायलले गाजामा दैनिक इन्धन भरेका २ वटा ट्रकलाई जान अनुमति दिने


ग्लोबल पाना
आइतबार, मंसिर ३ २०८०
  • 317
    SHARES

  • images
    इजरायलले गाजामा दैनिक इन्धन भरेका २ वटा ट्रकलाई जान अनुमति दिने

    बीबीसी। अमेरिकी दबाबपछि इजरेलले गाजा स्ट्रिपमा प्रत्येक दिन दुई वटा इन्धन बोकेका ट्रकहरूलाई प्रवेश गर्न दिने बताएको छ। अमेरिकी विदेश मन्त्रालयका एक जना अधिकारीले हरेक दुई दिनमा त्यहाँ करिब १ लाख ४० हजार लिटर इन्धन जान अनुमति दिइने बताए।

    images
    images
    images

    ती अधिकारीका अनुसार धेरैजसो ट्रकहरू सहायता पुर्‍याउने उद्देश्यका साथसाथै पानी र सरसफाइ उपलब्ध गराउन संयुक्त राष्ट्र संघलाई सहयोग गर्ने उद्देश्यले पठाइन लागेका हुन्। बाँकी इन्धन मोबाइल फोन र इन्टरनेट सेवा सञ्चालनका लागि पठाइन लागेको हो।

    त्यहाँ इन्धन अभावका कारण उपकरणहरू नचल्दा मोबाइल फोन र इन्टरनेट सेवा बन्द भएको थियो। शुक्रवार गाजामा सञ्चार सेवा दिँदै आएको कम्पनीले प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र सङ्घीय एजेन्सीबाट केही मात्रामा इन्धन प्राप्त गरेपछि आफ्ना सेवाहरू पुनस् सुरु भएको भएको बताएको छ। अमेरिकी अधिकारीले वाशिङ्टनले इजरेललाई इन्धन पठाउनेसम्बन्धी सहमति कार्यान्वयन गर्न पर्याप्त दबाब दिएको बताएका छन्।

    ती अमेरिकी अधिकारीले बताए अनुसार सैद्धान्तिक रूपमा उक्त सहमति गत साता भएको थियो तर इजरेलले दुई वटा कारणले त्यसको ढिलाइ गरेको थियो। इजरेली अधिकारीहरूले अमेरिकालाई दक्षिणी गाजामा वास्तवमा इन्धन नसकिएको बताएका थिए भने उनीहरूले सहमति कार्यान्वयन गर्नुअघि बन्धक बनाइएकाहरूलाई छुटाउने कुरामा केही प्रगति हुन्छ कि भन्ने पनि अपेक्षा गरेका थिए।

    प्यालेस्टाइनका लागि संयुक्त राष्ट्र संघीय एजेन्सीका प्रमुखले बिहीवार इन्धन अभावका कारण एजेन्सीले आफ्ना सबै गतिविधि स्थगित गर्नुपर्ने चेतावनी दिएका थिए। त्यहाँको पछिल्लो अवस्थाको जानकारी दिने प्रतिवेदनमा उक्त एजेन्सीले “आधारभूत मानवीय कार्यका लागि हरेक दिन १ लाख ६० हजार लिटर इन्धन आवश्यक पर्ने” बताएको छ। त्यो भनेको अहिले सहमति भएकोभन्दा दोबर बढी हो।

    यसअघि एक जना इजरेली अधिकारीले त्यसरी पठाइने इन्धन रफाह क्रसिङ मार्फत संयुक्त राष्ट्र सङ्घद्वारा दक्षिणी गाजा क्षेत्रका गैर सैनिक जनसङ्ख्यालाई दिइने बताएका थिए। त्यसो गर्दा उक्त इन्धन हमाससम्म नपुगोस् भन्ने आफूहरूको चाहना रहेको उनको भनाइ थियो।

    ती अधिकारीले उक्त इन्धनले पानी, ढल निकास र सरसफाइ प्रणालीलाई “न्यूनतम” सहयोग पुग्ने र त्यस क्षेत्रमा महामारीको प्रकोपलाई रोक्ने बताए। गाजामा देखा परेको मानवीय अवस्थालाई लिएर अन्तर्राष्ट्रिय सङ्गठनहरूले बारम्बार गम्भीर चिन्ता व्यक्त गरिरहेका छन्। विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले गाजामा सरुवा रोगको फैलावटको “चिन्ताजनक प्रवृत्ति” रहेको चेतावनी दिएको छ।

    त्यहाँ इन्धनको अभाव र इजरेली बमबारीले स्वास्थ्य सेवा प्रणाली र सरसफाइ सुविधाहरू गम्भीर रूपमा अवरुद्ध भएका छन्। शुक्रवार प्यालेस्टाइनका लागि डब्ल्यूएचओका प्रतिनिधि रिचर्ड पीपरकोर्नले ७० हजारभन्दा बढी श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण र ४४ हजार पखालाका घटनाहरू रेकर्ड गरिएको रोयटर्सलाई बताएका छन्।

    त्यो अपेक्षा गरिएको भन्दा अधिक सङ्ख्या हो। गाजाको दैनिक जीवन चलाउन पनि इन्धनको अभाव भइरहेको विवरण आइरहँदा इजरेलले भने त्यहाँ पठाइएको इन्धन हमासले लगेर सैन्य प्रयोजनमा प्रयोग गर्ने भन्दै इन्धन प्रवेशमा रोक लगाएको छ। पछिल्लो लडाइँअघि गाजामा इजरेलले नै अधिकांश विद्युत् आपूर्ति गर्दै आएको थियो र गाजामा रहेको एउटा मात्र प्लान्टले थोरै मात्र बिजुली निकाल्थ्यो। त्यो पनि अहिले बन्द अवस्थामा छ।

    शनिवार गाजाको दक्षिणी क्षेत्रमा रहेको खान युनिसस्थित नासेर अस्पतालका निर्देशकले हमाद सहरको एउटा आवासीय भवनमा हवाई हमलापछि २६ जनाको शव भेटिएको र २३ जना गम्भीर घाइते भएको बताएका छन्। इजरेली सेनाले आफ्नो प्रतिवेदनमा त्यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

    यसैबीच रेड क्रिशेन्टले वेस्ट ब्याङ्कको नाब्लुस सहरको बालाता शरणार्थी शिविरको भवनमा इजरेली हवाई आक्रमणमा परेर कम्तीमा पाँच जना प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ। इजरेली सेनाले त्यसबारे जाँच गरिरहेको बताएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले इजरेललाई “वेस्ट ब्याङ्कमा तनाव कम गर्न र उक्त क्षेत्रमा इजरेलले बाहिरबाट लगेर बसोबास गराएकाहरूबाट हुने चरमपन्थी हिंसाको बढ्दो गतिविधिलाई कम गराउन” तत्काल कदम चाल्न भनेका छन्।

    इजरेली सेनाले वेस्ट ब्याङ्कमा दुई वटा छुट्टाछुट्टै भिडन्तमा कम्तीमा सात जना लडाकुहरू मारिएको बताएको भोलिपल्ट उक्त हमला भएको हो। इजरेलको पछिल्लो घेराबन्दी र सैन्य कारबाही गत अक्टोबर ७ मा हमासले इजरेलमाथि गरेको हमलापछि सुरु भएको हो। इजरेली अधिकारीहरूका अनुसार हमासको हमलामा इजरेलमा एक हजार दुई सयभन्दा बढीको मृत्यु भएको थियो भने हमासले २३० जनाभन्दा बढीलाई बन्धक बनाएको छ।

    इजरेलको बमबारी तथा आक्रमणमा परेर हालसम्म गाजामा मात्र १२ हजार जनाभन्दा बढीको ज्यान गइसकेको र त्यसमा आधा जति बालबालिका र महिलाहरू रहेको हमासद्वारा सञ्चालित त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ