गाजा। गाजामा इजरायली हमलामा थप तीन पत्रकार मारिएका छन्। गाजामा एक प्रमुख मिडिया संस्थाका प्रमुख र दुई अन्य पत्रकार सप्ताहन्तमा मारिएको उनीहरूका आफन्तहरूले रोयटसर्् समाचार एजेन्सीलाई बताएका छन्।
बितेका ६ हप्ताको लामो द्वन्द्वमा मारिएका दर्जनौं पत्रकारहरूमा थप दुईजना थपिएका छन्। आइतबार मात्रै बेलाल जदल्लाह, एक पत्रकार र प्रेस हाउस(प्यालेस्टाइनं ९एक गैर सरकारी संस्था० को बोर्ड प्रमुख मारिएका छन् भने उनको फार्मासिस्ट भाइ गम्भीर घाइते भएको उनकी बहिनीले रोयटर्सलाई जानकारी दिइन्।
जदल्लाह बाहेक दुई स्वतन्त्र पत्रकारहरू हसौना स्लीम र सारी मन्सुर शनिबार गाजा पट्टीको केन्द्रमा रहेको बुरेज शरणार्थी शिविरमा इजरायली आक्रमणमा मारिएका थिए, उनीहरूका आफन्त र प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले भने। सो घटनामा परी १७ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।
न्यूयोर्कमा रहेको कमिटी टु प्रोटेक्ट जर्नालिस्टले अक्टोबर ७ इजरायलमा हमासको आक्रमण र त्यसपछिको इजरायली आक्रमणपछि यस क्षेत्रमा मारिएका पत्रकार र सञ्चारकर्मीको सङ्ख्या ४८ पुगेको पुष्टि गरेको छ।
सिपिजीको सूची द्वन्द्वको दुबै पक्षमा मारिएका पत्रकारहरूलाई समावेश गर्दछ यद्यपि अधिकांश गाजामा छन्, यसले प्रत्येक मृत्यु प्रमाणित गर्न कम्तिमा दुई स्रोतहरू खोजेको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


