Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

कृषिमा आत्मनिर्भर हुन लगानी बढाऔं : जिसस प्रमुख पौडेल


ग्लोबल पाना
बुधबार, मंसिर ६ २०८०
  • 540
    SHARES

  • images
    कृषिमा आत्मनिर्भर हुन लगानी बढाऔं : जिसस प्रमुख पौडेल

    पाेखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कृषिको व्यवसायिकिकरण र उत्पादनमा गण्डकीलाई आत्मनिर्भर बनाउनका लागि कृषिमा लगानी बढाउनुपर्ने बताउनु भएको छ। कृषिको यान्त्रिकिकरण सहितको आधुनिक प्रबिधिलाई थप प्रभाबकारी कार्यक्रम सहित पुनः संरचनाको जरुरी रहेको हुँदा स्थानीय तह सहित प्रदेश सरकार र संघ सरकारले अधिक बजेट कृषी क्षेत्रमा छुट्टाउनुपर्ने बताउनुभयो ।

    images
    images
    images

    प्रमुख पौडेलले सो कुरा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ,परियोजना कार्यान्वयन इकाइ कास्कीको आयोजनामा संचालित आर्थिक बर्ष २०८०/८१ को गण्डकी प्रदेशस्तरिय पहिलो त्रैमासिक प्रगति समिक्षा गोष्ठीको उद्घाटन गर्दै बताउनु भएको हो। कृषिको बजेट बर्सेनि घट्नु दु:खद भएको भन्दै ब्यबसायिक कृषीको बिकासको बिषयलाइ विशेष प्राथमिकता दिनुपर्ने उहाँको जोड छ।

    पौडेलले कृषि पेशा प्रती आकर्षण बढ्ने नीति कार्यक्रम तय गर्न र अनुदानमुलक कार्यक्रम प्रभाबकारी बनाउनु पर्ने भन्दै श्रमप्रतिको सम्मान जगाउने गरि काम गर्न आग्रह गर्नुभयो । सरकारी कार्यालयहरूले आफ्ना कार्यक्रम प्रभाबकारी बनाउन योजना र कार्यतालिका निर्माण गर्न आग्रह गर्नुभयो ।

    कुनै दबाब र रबाफको प्रभावमा नपरी जनप्रतिनिधि, राष्टसेवक, कर्मचारी सबै सरोकारवालाहरूले काम गरे मात्रै हामीले चाहेको बिकास र समृद्धिको सपना सार्थक हुने उहाँको कथन थियो । समिक्षा कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ अन्तर्गत गण्डकी प्रदेशका ११ जिल्लाका प्रमुख तथा प्रतिनिधिले आफ्नो त्रैमासिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै बिद्यमान समस्या र निराकरण सम्बन्धमा जानकारी गराउनु भएको थियो।

    कार्यक्रममा कृषि निर्देशनालय गण्डकीका निर्देशक बासुदेब रेग्मी, कास्कीका जिल्ला समन्वय अधिकारी नबराज बराल, मन्त्रालयको तर्फबाट माधब पौडेल, तरकारी सुपर जोन संचालक समन्वय समिति संयोजक कृष्ण प्रसाद तिवारी, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख रोशन अधिकारी, सोही कार्यालयका बागबानी बिज्ञ मनोज ढकाल, सामाजिक बिकास बिज्ञ गोबिन्द श्रेष्ठ लगायतले प्रस्तुत समिक्षा उपर टिप्पणी प्रस्तुत गर्नुभएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ