Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

अर्थतन्त्र विस्तारै सकारात्मक दिशामा गइरहेको छ : अर्थमन्त्री डा. महत


ग्लोबल पाना
बुधबार, मंसिर ६ २०८०
  • 305
    SHARES

  • images
    अर्थतन्त्र विस्तारै सकारात्मक दिशामा गइरहेको छ : अर्थमन्त्री डा. महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजोका दिनमा जग्गा र सेयरमा धेरै ऋण प्रवाह हुँदा समस्या देखिएकाे अर्थतन्त्र अहिले विस्तारै सकारात्मक दिशामा गइरहेको बताउनुभएकाे छ ।

    images
    images
    images

    मध्यपुर थिमि नगरपालिकाले शंखधर साख्वा दिवसकाे अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले हिजोका दिनमा जग्गा र सेयरमा बढी ऋण प्रवाह भएकाले त्यसबाट प्रतिफल नआउँदा अर्थतन्त्रमा समस्या आएको उल्लेख गर्नुभयो ।

    ‘हिजोको दिनमा धेरै ऋण प्रवाह गरियो, धेरै मानिसले जग्गा र सेयरमा लगानी गरे । यसैको प्रतिफल हो, हातमा नगद छैन, ऋण तिर्न धौधौ परेको छ’ मन्त्री डा. महतले भन्नुभयो, ‘जसले धेरै ऋण लिएका थिए, ऊ नै किन तिर्ने ऋण भन्दै हिडिरहेका छन् ।

    दुरुपयोग गर्नेको कुरा छाडौं, तर कोही गर्दागर्दै पनि साँच्चिकै समस्यामा परेका छन् । जो काम गर्न खोज्दाखोज्दै विविध परिस्थितिले अप्ठ्यारोमा परे त्यसलाई राज्यले हेर्नेछ । ऋण लिने, दस ठाउँमा लगानी गर्ने र खाने तर तिर्दिन भन्न चाहिँ पाइँदैन ।’ ‘हाम्रो अर्थतन्त्र विस्तारै सकारात्मक दिशामा गइरहेको छ ।

    विप्रेषण आइरहेको छ, अहिले पर्यटक सबैभन्दा धेरै आइरहेका छन् । सरकारले सडक सञ्जाल विस्तार गरेको छ, यसले आर्थिक रुपान्तरणमा ठूलो सहयोग पुग्नेछ ।’ मन्त्री डा. महतले सन्त नेता कृष्णप्रसाद भट्टराईले आफ्नो प्रधानमन्त्रित्व कालमा नेपाल सम्बतलाई मध्यनजर राखेर शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको बताउनुभयो ।

    कार्यक्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘समाजलाई देश बुझाउँनुपर्छ, बुझाउने क्रमसँगसँगै पहिचान स्थापित हुन्छ ।’ देशमा ०४६ सालको परिवर्तनपछि बोल्ने, राजनीतिक दल रोज्ने, आफ्नो पेशा व्यवसाय रोज्ने र आफूले चुनेको जनप्रतिनिधिले शासन गर्ने स्वतन्त्रता सुनिश्चित भयो ।

    त्यसभन्दा अगाडि नेपाली नागरिक रैतीजस्ता भएको मन्त्री डा. महतले बताउनुभयो । जब हाम्रो समाज खुला, हामीले स्वतन्त्रपूर्वक हाम्रो अधिकार प्रयोग गर्न पायौं । देशैभर कसले कुन क्षेत्रमा कस्तो योगदान गरिरहेको छ, त्यसबारे जान्ने, एकअर्का समुदायबीच घुलमिल हुने, राष्ट्र निर्माणमा योगदान दिने व्यक्तित्वबारे कलासंस्कृतिमा योगदान दिने व्यक्तित्वबारे, संस्कृति र सभ्यताबारे जान्न सुरुवात भएको मन्त्री डा. महतले बताउनुभयो ।

    मन्त्री डा. महतले भन्नुभयो, ‘वास्तवमा भन्नुपर्दा शंखधर साख्वाको योगदानबारे जान्ने अवसर ०४६ पछि नै भएको हो । पूर्वप्रधानमन्त्री भट्टराईले नै शंखधरलाई राष्ट्रिय विभूति घोषणा गरेर नेपाली समाजमा चिनाउन सुरु गर्नुभएको हो । त्यसपछि शंखधरबारे अझ छलफल, अध्ययन र अनुसन्धान अगाडि बढेको हो ।’

    मध्यपुर थिमिमा खानाको परिकार पनि विशिष्ठ खालको भएको मन्त्री डा. महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मध्यपुर थिमिको समृद्धिसँगै यहाँको घरहरु, पाटी पौवालगायत विशिष्ठ कलाले सुसज्जित छन् । यो हामीले संसारलाई देखाउनुपर्छ ।

    नेपालको पहिचान भनेर देखाउने भनेको यही हो । यसको सम्मान मात्रै होइन, यसको संरक्षण पनि गर्नुपर्छ ।’ उहाँले उपत्यकाको विकसित संस्कृतिलाई राष्ट्रिय पहिचान दिनुपर्ने बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ