काठमाडौं । माछापुच्छ्रे बैंकको मिति २०८०/०८/०७, बिहीवार बसेको ४९१ औ संचालक समितिको बैंठकले रोशन के.सी. लाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको छ ।
बैंकका निर्वतमान अध्यक्ष डा।उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै श्री रोशन के.सी. लाई नयाँ अध्यक्षमा चयन गरेको हो ।
रोशन के.सी. विगत ९ वर्ष देखि माछापुच्छ्रे बैंकमा आबद्ध भई मिति २०७४/०१/१४ देखि २०७५/०९/२० यसै बैंकका अध्यक्षमा रहेका थिए र हाल अध्यक्षमा नवनियुक्त हुनु अघि यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका हुन् ।
साथै उनि एक सफल युवा व्यवसायीको रुपमा संस्थापित भई हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहदैँ आएका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


