Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण बन्दैछः अर्थमन्त्री डा. महत


ग्लोबल पाना
शुक्रबार, मंसिर ८ २०८०
  • 193
    SHARES

  • images
    शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण बन्दैछः अर्थमन्त्री डा. महत

    नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना भइरहेको बताउनुभएको छ ।

    images
    images
    images

    शुक्रबार नुवाकोट जिल्ला भलिवल संघद्वारा आयोजित प्रथम अन्तरपालिका स्तरीय विद्यालय छात्र भलिबल प्रतियोगिता को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अर्थमन्त्री डा महतले भन्नुभयो, ‘नेपालमै विकास हुन्छ, नेपालमै रोजगारीका अवसर बढ्छन् ।

    विस्तारै विदेश जानु नपर्ने अवस्था यहाँ सिर्जना हुन्छ । जलविद्युत आयोजनामा लगानी भइरहेको छ, पर्यटकको संख्या बढ्दैछ । कृषि क्षेत्रमा लगानी बढ्छ, सुचना प्रविधिमा धेरै युवाहरु लागेर आम्दानी गरिरहेका छन् ।’ मन्त्री महतले सामाजिक सञ्जाल प्रयोग गरेर जनतामा भ्रम फैलाउन प्रयास भइरहेको बताउनुभएको छ ।

    केही व्यक्तिहरुले जनताको भावनामा खेलेर आफ्नो कुन्छित उद्देश्य प्राप्त गर्छु भन्ने कसैले ठानेको छ भने त्यो सफल नहुने उहाँले स्पष्ट पार्नुभयो । खेलकुदलाई सरकारले प्राथमिकतामा राखेको र राष्ट्रिय गौरवको आयोजनामा राखेर हामी क्रिकेट मैदान निर्माण जानकारी दिनुहुँदै उहाँले अन्य खेलकुदको विकास गर्ने सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।

    ‘नुवाकोट शिक्षामा धेरै पछाडि थियो, हाम्रा पालामा त्रिशुलीमा मात्र एउटा हाइस्कुल थियो, गाउँमा प्राथमिक विद्यालय पनि थिएन’ मन्त्री डा. महतले भन्नुभयो, ‘मैले चौतारामुनि पढ्न सुरु गरेको हुँ । तर पढ्ने अठोट भयो भने अगाडि बढ्न सकिन्छ । पढाइलाई उच्च प्राथमिकता दिन म भाइ बहिनीहरुलाई आग्रह गर्छु ।’

    पढाइ र सिप भयो भने सबै कुरा प्राप्त हुन्छ । पढाइलाई उच्च प्राथमिकता दिन आग्रह गर्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘पढाइलाई प्राथमिकता राख्ने विद्यार्थीका अभिभावले पनि साथ दिनुहुनेछ । पढाइ भयो भने प्रगति गर्नबाट कसैले रोक्न सक्दैन ।’ ‘नुवाकोटमा पछिल्लो समय धेरै विकास भएको हो ।

    तत्कालिन अर्थमन्त्री डा. रामशरण महतका पालामा यहाँ विकासका धेरै ढोका खुले’ उहाँले भन्नुभयो, ‘म पनि ऊर्जालगायत विभिन्न जिम्मेवारीमा रहेँ, त्यो बेला विजुलीलगायत अन्य विकास विस्तार भयो ।’ मन्त्री डा. महतले भन्नुभयो, ‘अहिल म अर्थमन्त्री हुने अवसर पाएको छु ।

    नुवाकोटको विकासले थप मौका पाएका छ । बालाजु–ककनी–त्रिशुलीबाट धेरै वर्षदेखि बिग्रिएको थियो, अहिले निर्माणका लागि ठेक्का प्रकृया अगाडि बढिसकेको छ । अब त्यो बाटो पक्की बन्छ । उता कुमारी जाने बाटोमा पनि बजेट विनियोजन भएको छ ।’

    काठमाडौं–छहरे–टोखा बाटो अहिले राम्रो भइसकेको जानकारी दिनुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘सुरुङमार्ग निर्माणका लागि हामीले बजेट छुटाएका छौं, यसका लागि अर्बौ अर्ब रुपैयाँ चाहिन्छ । चिनियाँ सरकारलाई समेत सहभागी गराएर यो बाटो सम्पन्न गर्ने प्रयासमा हामी लागिरहेका छौं । ढिलोचाँडो यो सुरुङ मार्ग बन्छ भन्ने मलाई विश्वास छ ।’

    यो सुरुङ मार्ग निर्माण सम्पन्न भएसँगै नुवाकोट र काठमाडौंको दूरी छोटो हुनेछ । नुवाकोटमै बसेर काठमाडौं जागीर खान सकिन्छ । गोल्फुभञ्ज्याङसम्म पक्की बाटो निर्माणका लागि बजेट विनियोजन भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ