Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

कृषि वैज्ञानिक सम्मेलन दाेस्राे दिन पनि उत्तिकै उत्साहजनक


ग्लोबल पाना
शुक्रबार, मंसिर ८ २०८०
  • 522
    SHARES

  • images
    कृषि वैज्ञानिक सम्मेलन दाेस्राे दिन पनि उत्तिकै उत्साहजनक

    भरतपुर । भरतपुर महानगरपालिका  रामपुर चितवनमा कृषिको रुपान्तरणमा अनुसन्धान र प्रचारको भूमिका लक्षित पहिलो कृषि वैज्ञानिक सम्मेलन हिजाे ७ गतेवाट सुरु भएको छ ।

    images
    images
    images

    कृषि तथा वन विज्ञान विश्व विद्यालयका विद्यार्थीहरु, प्राध्यापकहरु तथा देश तथा विदेशका विज्ञहरुले गरेका अनुसन्धानबारे छलफल गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा बिहीबारदेखि ‘पहिलो ग्राजुयट कन्फ्रेन्स’ सुरु भएकाे हाे ।

    यस सम्मेलनकाे पहिलाे दिन राष्ट्रिय सभा सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री विमला पौडेल राईले उद्घाटन गर्नु भएकाे थियाे । राष्ट्रिय योजना आयोगका कार्यवाहक उपाध्यक्ष डा. रामकुमार फुयाँलले नेपालमा कृषि क्षेत्रको विकासका लागि सरकारले सक्दो सहयोग गर्दै आएको बताउनु भएकाे थियाे । साेही दिन उद्घाटनसँगै समूहगत छलफल थालिएको थियाे ।

    विश्व विद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीको अध्यक्षतामा सुरु भएको सम्मेलनमा देश तथा बिदेशका वैज्ञानीकहरुकाे सहभागीता सम्मेलनमा आयोजक समितिका संयोजक डा. ऋषिराम कट्टेलले सम्मेलनमा तीन दिनसम्म हिजाे आज र भाेली गरि सयभन्दा बढी कार्यपत्रहरु पेस हुने कुरा बताउदै विभिन्न देशका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने बताउनु भयाे ।

    received_262900536414319.jpeg

    सम्मेलनकाे दाेस्राे दिन विज्ञ तथा विद्यार्थीहरुकाे राम्राे उपस्थिति रहनुका साथै विभिन्न विज्ञहरुले प्राविधिक विषयगत प्रस्तुती र छलफल गर्नु भएकाे थियाे । भाेली सम्मेलनकाे अन्तिम दिन मङ्सिर ९ गते प्राविधिक तथा विषयक छलफल साथै सम्मेलनकाे समापन गरिने संयाेजक कट्टेलले बताउनु भयाे ।

    received_331932549465798.jpeg
    received_1843069122762210.jpeg
    received_262900536414319.jpeg

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ