Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

चितवन रामपुरमा प्रथम ग्य्राजुयट सम्मेलन २०२३ सम्पन्न, उत्कृष्ट कार्यपत्र प्रस्तुतीलाई नगद पुरस्कार


ग्लोबल पाना
आइतबार, मंसिर १० २०८०
  • 476
    SHARES

  • images
    चितवन रामपुरमा प्रथम ग्य्राजुयट सम्मेलन २०२३ सम्पन्न, उत्कृष्ट कार्यपत्र प्रस्तुतीलाई नगद पुरस्कार

    भरतपुर । चितवनकाे रामपुरमा पहिलो कृषि वैज्ञानिक सम्मेलन (फस्ट ग्य्राजुयट कन्फ्रेन्स) भब्यताका साथ सम्पन्न भएको छ । अनुसन्धान तथा प्रचार निर्देशनालयका निर्देशक डा. ऋषिराम कट्टेलकाे अध्यक्षतामा कृषि वैज्ञानिक सम्मेलन सम्पन्न भएकाे हाे ।

    images
    images
    images

    चितवनकाे कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरमा सञ्चालन भएको सम्मेलनको विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव प्राध्यापक शंकर प्रसाद भण्डारीले समापन गर्नुभएको हो । भण्डारीले कृषि क्षेत्रमा गरिएको अनुसन्धानले कृषकको समस्या समाधान गर्न सक्ने बताउनुभयो ।

    विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले याे सम्मेलन कृषि क्षेत्रकाे पहिलो भएकाे र अबकाे २/२ वर्षमा कन्फ्रेन्स गर्ने बताउदै यसलाई अझै परिस्कृत र परिमार्जित गर्दै लैजाने र कृषि अनुसन्धानलाई किसानसँग जोडेर काम गर्ने गरी कार्यक्रम गर्नुपर्ने बताउनु भयाे ।

    विश्वविद्यालय सेवा आयोगका अध्यक्ष डा. कल्याणी मिश्रले पहिलाे कन्फ्रेस धेरै नै राम्राे भएकाे बताउदै अवका सम्मेलनमा कृषकहरलाई पनि समेटेर गर्नुपर्ने बताउदै अध्ययन अनुसन्धानका क्रममा भएका प्रगतिहरूलाई सहज रुपमा कृषकले बुझ्ने गरी अघि वढाइनुपर्ने बताउनु भयाे । उहाँले छाेटाे समयमा नै कार्यक्रम सफल बनाएकाेमा आयाेजना कमिटिलाई धन्यवाद दिनु भयाे ।

    त्यस्तै रजिष्ट्रार डा.शारदा थपलियाले छाेटाे समयमा नै कार्यक्रम सफल बनाएकाेमा आयाेजना कमिटिलाई धन्यवाद दिदै उहाँले भन्नू भयाे "हामी सफल भयौ, रिसर्चका कुराहरुलाई यसरी नै कार्यक्रम गरि अगाडि बढाउदै जानू पर्छ ।" थपलियाले याे पहिलाे सफलताले दाेस्राे कन्फ्रेन्स गर्नलाई उत्साह बढाएकाे बताउनु भयाे ।

    कार्यक्रममा सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले कृषि क्षेत्रमा परिवर्तन गर्नका लागि यस्ता किसिमका कार्यक्रम प्रभावकारी हुने र यसरी नै कन्फ्रेन्स गर्दै जानु पर्ने बताउनु भयाे ।

    कार्यक्रम संयोजक एवं विश्वविद्यालयका अनुसन्धान निर्देशक डा. ऋषिराम कट्टेलले ३ दिन सम्म भएकाे सम्मेलनमा कृषि क्षेत्रको समस्या र समाधानका लागि छलफल भएको थियो । नेपालसहित भारत, अमेरिका, जापान, क्यानडा, ताइवानलगायत देशका कृषि वैज्ञानिकहरूले एक सय १३ वटा कार्यपत्र प्रस्तुत गरिएकाे बताउनु भयाे ।

    डा. कट्टेलले कार्यक्रम सफल बनाउनमा सहयाेग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिनै याे पहिलाे कन्फ्रेन्स सफल भयाे अब २ वर्ष पछि दाेस्राे कन्फ्रेन्स हुने कुरामा जाेड दिनु भयाे ।

    कार्यक्रममा राम्राे कार्यपत्र प्रस्तुति लाई पुरस्कृत गर्नु का साथै प्रमाणपत्र वितरण गरिनुका साथै अथितिहरुकाे लागि मायाकाे चिनाे दिएर कार्यक्रमकाे समापन गरिएकाे थियाे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ