Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

लायन्स क्लव ईन्टरनेस्नल डिष्ट्रिक्ट काठमाडौंद्वारा जुम्लामा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण


ग्लोबल पाना
सोमबार, मंसिर ११ २०८०
  • 359
    SHARES

  • images
    लायन्स क्लव ईन्टरनेस्नल  डिष्ट्रिक्ट काठमाडौंद्वारा जुम्लामा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

    ✍️वीर बहादुर राना

    images
    images
    images

    जुम्ला । लायन्स क्वल अफ काठमाडौं दक्षिणकाली डिष्ट्रिक्ट बाट आएकाे टाेलीले जुम्लाको सिँजा गाउँपालिकाका चार सय जना विद्यार्थीलाई झाेला, स्यानिटरी प्याड र शैक्षिक सामाग्री वितरण गरेकाे छ ।

    साे क्लवका अध्यक्ष लायन प्रमाेद कुमार पौडेल, द्वितिय उपाध्यक्ष लायन राधाकृष्ण श्रेष्ठ, जाेन सेयरपर्सन लायन सुन्दर कुमार आचार्य, जनसम्पर्क उपप्रमुख प्रा.डा. लायन रामकृष्ण महर्जन, सदस्य लायन मुरारी बास्ताेला र सदस्य लायन रामचन्द्र पाण्डेकाे टिम सिँजा गाउँपालिकामा आएर विद्यार्थीलाई झाेला, स्यानीटरी प्याड विद्यार्थीका हातहातमा दिएकाे छ ।

    स्कुल व्याक ४०० थान , कापी १७ ग्रस , बलपेन १२ सय पिस र स्यानीटरी प्याड ९१३ प्याकेट गाउँपालिकाकाे राेवरमा र मेडिया पाटनर बेल सचारकाे सहभागीतामा विद्यार्थीलाई वितरण गरेकाे लायन्स क्लव इन्स्योरेन्स काठमाडौंका अध्यक्ष प्रमाेद कुमार पौडेलले जानकारी दिनु भयाे ।

    भविष्यमा पनि क्लब र सिँजा गाउँपालिका बिचकाे सम्बन्धमा क्लबकाे तर्फबाट थप कार्यक्रमहरु पनि सञ्चालन गर्ने क्लबका अध्यक्ष पौडेलले बताए । सिँजा गाउँपालिकाका २२ वटा प्रत्येक विद्यालयबाट १० प्रतिशतकाे आधारमा छनाेट गरिएका जम्मा ४०० सय विद्यार्थीलाई काठमाडौंबाट झाेला, स्यानीटरी प्याट र शैक्षिक सामाग्री ल्याएर सिँजाका विद्यार्थीलाई सहयाेग गर्नु हुने लायन्स क्लव काठमाडौंकाे पुरै टिमलाई स्वागत गर्दै धन्यवाद दिनु भयाे पालिका अध्यक्ष अध्यक्ष पुर्ण प्रसाद धितालले ।

    पालिकाकाे कार्यालय देखि सबैभन्दा टाढा रहेकाे महादेव आधारभूत विद्यालय स्याउल्याका सबै विद्यार्थीलाई दिने र अरु प्रत्येक विद्यालयलाई १० प्रतिशतकाे आधारमा दिने भनेर गाउँ कार्यपालिकाले निर्णय गरे अनुसार सामाग्री वितरण गरेकाे अध्यक्ष धितालले बताए । हामीले झाेला, स्यानीटरी प्याड र शैक्षिक सामाग्री पाउँदा निकै खुसी भएका छौं । र लायन्स क्लव काठमाडौंलाई पनि विद्यार्थीले धन्यवाद दिएका छन् ।

    सामाग्री वितरण कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष कार्यपालिका सदस्य विद्यार्थी, शिक्षक, प्रहरी, पत्रकार र भिविन्न संघ संस्थाका प्रमुखहरुकाे बाग्लाे उपस्थिति रहेकाे थियाे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ