काठमाडौं। जारी टी-२० सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ५ विकेटले पराजित गरेको हो।
भारतले दिएको २२३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। अस्ट्रेलियालाई जिताउनेक्रममा ग्लेन म्याक्सवेलले ४८ बलमा अविजित १०४ रन बनाएका थिए।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले रुतुराज गायकवाडको ५७ बलमा १२३ रनको मद्धतले २० ओभरमा ३ विकेट गुमाउदै २२२ रन बनाएको थियो।
५ खेलको यस सिरिजमा अस्ट्रेलियाले लगातार २ खेलको हारपछि कमब्याक गरेको छ। अस्ट्रेलियाको यो जितपछि सिरिजमा भारत २-१ ले अगाडि रहेको छ। अब सिरिजको चौथो खेल शुक्रबार हुने तालिका रहेको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


