काठमाडौं । दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
राजधानी प्रिटोरियाको पश्चिममा रहेको रुस्टेनबर्ग माइनमा सोमबार दुर्घटना भएको हो ।
खानी सञ्चालन गर्ने कम्पनी इम्पाला प्लेटिनमले यो घटनालाई कम्पनीको इतिहासकै सबैभन्दा दुःखद दिन भएको बताएको छ ।रुस्टेनबर्ग खानीमा खनन कार्य अस्थायी रूपमा रोकिएको छ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार यस दुर्घटनामा ८६ जना मजदुर संलग्न थिए। ७५ जना घाइतेलाई यस क्षेत्रका विभिन्न चार अस्पतालमा भर्ना गरिएको छ ।
इम्पाला प्लेटिनम दक्षिण अफ्रिकी प्लेटिनम उत्पादकहरू मध्ये एक हो जसले विश्वको सबैभन्दा गहिरो र पुरानो खानीहरू सञ्चालन गर्दछ। कम्पनीका प्रवक्ताले अस्थायी रूपमा खानी बन्द गर्ने निणर्य बुधबारसम्म लम्ब्याउन सकिने बताए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


