Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

‘एनिमल’को अग्रिम टिकट २ लाख ५० हजार भन्दा बढी बिक्री


ग्लोबल पाना
बिहीबार , मंसिर १४ २०८०
  • 321
    SHARES

  • images
    ‘एनिमल’को अग्रिम टिकट २ लाख ५० हजार भन्दा बढी बिक्री

    मुम्बई। रणवीर कपुर अभिनित एनिमलले आक्रामक बुकिङ पाएको छ। हालसम्म सो फिल्मले २ लाख ५० हजार बढी टिकट अग्रिम बुकिङ पाइसकेको छ।

    images
    images
    images

    जसअनुसार पिभिआर नक्समा १ लाख ९५ हजार तथा सिने पोलिसबाट ५५ हजार टिकट अग्रिम बुकिङ गरेको हो। ‘एनिमल’ रणवीर कपुरको करियरको सबैभन्दा ठूलो ओपनर बनेको छ।

    ‘एनिमल’को माग यति धेरै छ कि केही थिएटरले बिहान साढे ७ बजेदेखि शो सुरु गर्ने निणर्य गरेका छन्। ट्रेड विज्ञहरुले ‘एनिमल’ लाई रणवीर कपुरको करियरको सबैभन्दा ठूलो ओपनर भएको दाबी गरिरहेका छन्। अहिलेको लागि हेर्न बाँकी नै छ ‘एनिमल’ ले बक्स अफिसमा कति कीर्तिमान बनाउने? हो त्यो अझै शुक्रबारसम्म हुने बुकिङले देखाएको छ।

    एनिमल’ सन्दीप रेड्डी वांगाको निर्देशनमा बनेको हो। कबीर सिंह र अर्जुन रेड्डी फेम सन्दीप रेड्डी वांगा निर्देशित ‘एनिमल’ मा रणबीर कपूर बाहेक बबी देओल, रश्मिका मन्डन्ना, अनिल कपूर, तृप्ति डिमरी, शक्ति कपूर र सुरेश ओबेरोय लगायत धेरै कलाकारले महत्वपूणर् भूमिका निर्वाह गरेका छन्।

    चलचित्रको संगीत पनि निकै रुचाइएको छ। यो फिल्म डिसेम्बर १ मा हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा हलमा रिलिज हुनेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ