Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

बाल विवाह रोक्न सबैको सामुहिक प्रयास आवश्यक छ : मन्त्री बस्नेत


ग्लोबल पाना
बिहीबार , मंसिर १४ २०८०
  • 191
    SHARES

  • images
    बाल विवाह रोक्न सबैको सामुहिक प्रयास आवश्यक छ : मन्त्री बस्नेत

    सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बाल विवाह रोक्न सबैको सामुहिक प्रयास आवश्यक रहेको बताएका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं. ३ धुस्कोट स्थित भिमसेन माध्यमिक विद्यालयको ४३ औं बार्षिकोत्सब समारोहलाई बुधबार सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले बाल विवाहका कारण युवायुवतीको पढाई लेखाईमा बाधा पुग्नुका साथै उनीहरुले आत्मनिर्भर भएर जिवन निर्वाह गर्न समेत बाधा पुगिरहेकोले बाल विवाह रोक्न सबै लाग्नु पर्नेमा जोड दिएका हुन ।

    images
    images
    images


    भिमसेन माध्यमिक विद्यालयका प्रधानाध्यापक हिरा लामाले धुस्कोट क्षेत्रमा अहिले पनि बाल विवाह प्रमुख समस्याको रुपमा रहेको र हालै मात्र विद्यालयमा अध्ययनरत ८ जनाले बाल विवाह गरेको जानकारी गराए पछि स्वास्थ्य मन्त्री बस्नेतले बाल विवाह रोक्न विद्यालयको एक्लो प्रयासले मात्र नसकिनेमा जोड दिएका हुन् । कार्यक्रममा उपस्थित अभिभावकहरुलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भने, ‘बाल विवाह अन्त गर्न विद्यालयले मात्र सक्दैन ।


    यसका लागि प्रत्येक अभिभावक पनि सचेत हुनु पर्छ । आफ्ना छोराछोरीका गतिविधि निगरानी गर्नु पर्छ । र समाजमा यसका विषयमा जनचेतना बिस्तार गर्नु अझै आवश्यक छ । ’ आफुले ४१ वर्षको उमेरमा विवाह गरेको स्मरण गर्दै सानै उमेरमा विवाह गर्दा पढाईका साथै करिअर नै ध्वस्त भएका थुप्रै उदारहण समाजमा भएको मन्त्री बस्नेतले बताए ।

    सिन्धुपाल्चोकलाई देशकै पहिलो साक्षर जिल्ला बनाउनमा आफ्नो ठूलो योगदान गरेको दावी गर्दै मन्त्री बस्नेतले ३२ वर्षसम्म आफ्नो पहलमा सिन्धुपाल्चोकका साडे १४ हजार भन्दा बढी विद्यार्थीहरुलाई बर्षौसम्म कोचिङ पढाएर शिक्षाको स्तर उकास्ने काम गरेको बताए । कक्षा १२ सम्म निशुल्क पढ्न पाउनु पनर्छ भन्ने अभियानलाई देशव्यापी बनाउन सिन्धुपाल्चोकका त्रिपुरासुन्दरी, बाह्बिसे र भोटेकोशी गाउँपालिकाबाट निशुल्क पढाउने कामको सुरुवात भइसकेको जानकारी समेत बस्नेतले दिए ।

    कुनै पनि नेपालीले पैसाको अभावमा उपचार सेवा पाउनबाट बन्चित हुन नपर्ने उद्घोषका साथ स्वास्थ्य मन्त्रीका हैसियतले आफु लागि रहेको बताउदै मन्त्री बस्नेतले ६ महिनामा स्वास्थ्य क्षेत्रमा धेरै सुधारका काम भएको दावी गरे । उनले गफ गर्ने तर काम नगर्ने नेतालाई मतदान गरेर जिताउनु भन्दा काम गर्ने र जनताका सुखदुखमा साथ दिने नेतालाई जिताए पठाउन सल्लाह दिए ।

    भिमसेन माध्यमिक विद्यायलयको खेल मैदान निर्माणका लागि व्यक्तिगत रुपमा मन्त्री बस्नेतले ५१ हजार सहयोग गर्ने आश्वासन दिए । कार्यक्रममा पुर्व गृह राज्य मन्त्री विष्णुविक्रम थापाले स्वास्थ्य मन्त्री बस्नेतले मन्त्री भएको बेला मात्र नभएर मन्त्री नभएको बेला समेत शिक्षा र स्वास्थ्यमा ठूलो योगदान गरेको स्मरण गर्दै बस्नेत जस्तो नेता पाउनु सिन्धुपाल्चोकका लागि गर्वको बिषय भएको बताए ।


    बलेफी गाउँपालिकाका अध्यक्ष गंगा तामाङले विद्यालयको खेल मैदान निर्माणका लागि पालिकाले आउदो वर्षको बजेटमा १० लाख विनियोजन गर्ने बताए । गाउँपालिकाका उपाध्यक्ष सरु लामाले खेल मैदान निर्माणका लागि आफुले व्यक्तिगत रुपमा २ महिनाको पारिश्रमिक उपलब्ध गराउदै बताउदै बाल विवाह अन्त गर्नका लागि पालिकाले अभियान नै चलाउने बताइन ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यक हिरा लामाले विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । विद्यालयको विकासमा योगदान पुर्याएका अभिभावक र उकृष्ण अंक ल्याएर एसईई उर्तीण गरेका विद्यार्थीहरुलाई स्वास्थ्य मन्त्री बस्नेतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ