Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

जिसस कास्कीको लिजा र फ्रा सम्बन्धि अन्तरक्रिया


ग्लोबल पाना
बिहीबार , मंसिर १४ २०८०
  • 394
    SHARES

  • images
    जिसस कास्कीको लिजा र फ्रा सम्बन्धि अन्तरक्रिया

    पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (LIZA) र बित्तिय सुशासन जोखिम मुल्यांकन (FRA) सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम बिहीवार सम्पन्न भएको छ। सो अन्तरक्रीया कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो ।

    images
    images
    images

    प्रमुख पौडेलले लिजा र फ्रा ले पालिकाहरूको कार्यसम्पादनको स्तरवृद्धिमा समेत सहयोग पुर्याउने उल्लेख गर्दै बिगतको बर्षको मुल्यांकनस्तरलाई केन्द्रमा राखेर दुर्बल पक्षलाई न्यूनीकरण गर्दै सबलतातर्फ उन्मुख हुन आग्रह गर्नुभयो । सरोकारवाला सबै पक्षहरूले इमानदारीपूर्बक काम गरेमा स्वत: कमजोरीहरू हटाउन सकिने उल्लेख गर्नुभयो।

    शासकिय क्षमता अभिबृद्धीको मुल लक्ष्य मार्फत समृद्धि प्राप्त हुने हुदा सुसासनका लागि बित्तिय सुशासन महत्त्वपूर्ण पाटो भएको उल्लेख गर्नुभयो । जनप्रतिनिधि, राष्टसेवक, कर्मचारी र सबै सरोकारवालाहरूले समन्वयात्मक तबरले काम गरे मात्रै हामीले चाहेको बिकास र समृद्धिको सपना सार्थक हुने उहाँको कथन थियो।

    कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (लिजा)को मुल्यांकन बिधि र स्थानीय तहहरूले गर्नु पर्ने कार्यहरूको सम्बन्धमा तथा बित्तिय सुशासन जोखिम मुल्यांकन (फ्रा) सम्बन्धमा कोष तथा लेखा नियन्त्रक केशवराज ढकालले सहजीकरण गर्नुभएको थियो।

    उक्त कार्यक्रममा कास्कीका पाँच पालिकाका अध्यक्ष र कार्यकारी अधिकृत सहित सरोकारवाला जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर के. सि., जिल्ला समन्वय समिति सदस्य बालिका सुवेदी, जिल्ला समन्वय अधिकारी नबराज बराल सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ