Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

फिस्टेल एकेडेमीको 'फिस्टेल स्पोर्टस् फेस्ट' पुषको पहिलो साता


ग्लोबल पाना
शुक्रबार, मंसिर १५ २०८०
  • 443
    SHARES

  • images
    फिस्टेल एकेडेमीको  'फिस्टेल स्पोर्टस् फेस्ट' पुषको पहिलो साता

    पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ तल्लो बिरौटामा अवस्थित फिस्टेल एकेडेमी माध्यमिक विद्यालयले 'फिस्टेल स्पोर्टस् फेस्ट' पुषको पहिलो साता आयोजना गर्ने भएको छ । बिधालय स्थापनाको २९ औं बार्षिकोत्सबको अबसरमा आगामी पुषको पाँच देखि सात गते सम्म उक्त प्रतियोगिता संचालन हुने शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो।

    images
    images
    images

    प्रतियोगीताको बारेमा जानकारी दिदै उक्त बिधालयका प्रबन्ध निर्देशक एलिस रानाभाटले बास्केटबलतर्फ छात्र तथा छात्रा दुवै र सेभेन ए साइड फुटबलमा छात्र समूह सहभागी हुने गरी गर्न लागिएको उल्लेख गर्नुभयो । सो प्रतियोगितामा देशभरिका विद्यालयहरूले कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराउन सक्ने छन् । तीनओटै खेलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ७५ हजार, ३५ हजार र २० हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने रानाभाटले जानकारी दिनुभयो ।

    लन टेनिसतर्फ छात्र र छात्रा दुवैमा १६ वर्षमुनि, १२ वर्षमुनि र ९ वर्षमुनिका खेलहरू समाबेश हुने छन् । लन टेनिस प्रतियोगितामा पनि आकर्षक पुरस्कार रहेको विद्यालयले जनाएको छ । विद्यार्थीहरूमा शैक्षिक विकासका साथसाथै खेलकुदमार्फत उनीहरूको चौतर्फी विकास गराउने उद्देश्यले सो कार्यक्रमको आयोजना गर्न लागिएको कुरा विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले जानकारी गराउनुभयो ।

    रानाभाटले प्रतियोगिता सम्पन्न गर्न करिब रू १२ लाख खर्च हुने अनुमान गरिएको जानकारी दिनुभयो । कास्की जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष तोरण बानियाँले पोखरालाई खेल पर्यटन सहरको रूपमा बिकास गर्न विभिन्न खेल प्रतियोगिता नियमित आबश्यक पर्ने हुदा आबश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    विक्रम संवत् २०५१ मा स्थापना भई लामो समयसम्म शिक्षा र खेलकुद क्षेत्रमा ठुलो योगदान पुऱ्याउँदै आइरहेको यस विद्यालयले आफ्नो २९ औं वार्षिकोत्सवको अवसर पारेर सो कार्यक्रमको आयोजना गर्न लागेको हो । एसईई २०७९ मा ४ जिपिए सहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल यस विद्यालयले विगत दुई वर्षदेखि आफूलाई गण्डकी प्रदेशकै एकमात्र प्रगतिशील विद्यालय (Progressive School) को रूपमा अगाडि बढाउँदै आएको छ ।

    आईबी पिवाईपी (IB PYP) प्रस्तावित सो विद्यालयले आयोजना गर्ने उक्त खेलकुद प्रतियोगितामा देशका विभिन्न विद्यालयहरू सहभागी हुने छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ