Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

जिसस कास्कीद्वारा पहिलोपटक उपभोक्ता समितिलाई प्रशिक्षण


ग्लोबल पाना
शुक्रबार, मंसिर १५ २०८०
  • 296
    SHARES

  • images
    जिसस  कास्कीद्वारा  पहिलोपटक उपभोक्ता समितिलाई प्रशिक्षण

    पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा उपभोक्ता समितिहरूलाइ पहिलोपटक एक दिने प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। कास्कीका विभिन्न बिकास निर्माणका कामलाई ब्यबस्थित र गुणस्तरीय बनाउने लक्ष्य अनुरूप गुणस्तरीय बिकास निर्माणमा उपभोक्ता समितिको भुमिका बिषयमा प्रशिक्षण प्रदान गरिएको हो।

    images
    images
    images

    सो प्रशिक्षण कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो । प्रमुख पौडेलले उपभोक्ता समितिहरू बिकासका लागि सरकारका सहयात्री र सारथि भएको बताउनु भएको छ। पौडेलले कुनै पनि बिकास आयोजनाको सफलतामा महत्त्वपूर्ण भुमिका उपभोक्ता समितिको रहने भएको हुदा निर्दिष्ट गुणस्तर कायम गर्न सचेत र प्रभाबकारी भुमिकाका लागि प्रशिक्षण आयोजना गरिएको उल्लेख गर्नुभयो ।

    कतिपय बिकास आयोजना निर्माण कम्पनी र कहिलेकाही उपभोक्ता समितिका लापरबाहीका कारण समेत अलपत्र परेको अनुगमनका क्रममा देखिएपछि गुणस्तर साथै आबश्यक सीप वृद्धिका लागि उक्त तालिम आयोजना गरिएको बताउनुभयो ।

    पौडेलले राज्यको लगानीमा लापरबाही गर्ने छुट कसैलाई पनि नभएको भन्दै अब पनि कमिकमजोरी नसच्चिए कसैले पनि उन्मुक्ति नपाउने उल्लेख गर्दै आम जनताको गुनासो सुन्न र सफल समन्वयका लागि गुनासो डेस्क समेत स्थापना भएको जानकारी दिनुभयो।

    उहाँले कुनै कमिकमजोरी देखिएमा तत्काल जि स स को उजुरी पेटिका ,फोन वा इमेल ddckaski @gmail मार्फत सूचना दिन आग्रह गर्दै तत्काल समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपभोक्ता समितिले आफ्नो कम र जिम्मेवारीलाई प्रभाबकारी बनाउन सके अन्य सरोकारवाला चनाखो हुने भन्दै निष्पक्षता र पारदर्शीतामा समितिहरूले ध्यानदिनु पर्ने पौडेलको भनाइ थियो।

    जनप्रतिनिधि ,राष्टसेवक ,कर्मचारी र उपभोक्ता सहित सबै सरोकारवालाहरूले समन्वयात्मक तबरले काम गरे मात्रै हामीले चाहेको बिकास र समृद्धि सार्थक हुने उहाँको भनाइ थियो। प्रशिक्षणमा पूब सि डि इ भुपेन्द्र गौचन, कोष तथा लेखा नियन्त्रण कार्यालयका केशवराज ढकाल ,जिल्ला समन्वय समिति कास्कीका शाखा अधिकृत झबिश्वर रेग्मी, सहजीकरण गर्नुभएको थियो।

    उक्त कार्यक्रममा कास्कीका पाँच पालिकाका उपभोक्ता समितिका अध्यक्ष तथा पदाधिकारीको उपस्थिति रहेको थियो। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा स्वागत उप - प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नबराज बरालले गर्नुभएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ