पाेखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा उपभोक्ता समितिहरूलाइ पहिलोपटक एक दिने प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। कास्कीका विभिन्न बिकास निर्माणका कामलाई ब्यबस्थित र गुणस्तरीय बनाउने लक्ष्य अनुरूप गुणस्तरीय बिकास निर्माणमा उपभोक्ता समितिको भुमिका बिषयमा प्रशिक्षण प्रदान गरिएको हो।
सो प्रशिक्षण कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो । प्रमुख पौडेलले उपभोक्ता समितिहरू बिकासका लागि सरकारका सहयात्री र सारथि भएको बताउनु भएको छ।
पौडेलले कुनै पनि बिकास आयोजनाको सफलतामा महत्त्वपूर्ण भुमिका उपभोक्ता समितिको रहने भएको हुदा निर्दिष्ट गुणस्तर कायम गर्न सचेत र प्रभाबकारी भुमिकाका लागि प्रशिक्षण आयोजना गरिएको उल्लेख गर्नुभयो । कतिपय बिकास आयोजना निर्माण कम्पनी र कहिलेकाही उपभोक्ता समितिका लापरबाहीका कारण समेत अलपत्र परेको अनुगमनका क्रममा देखिएपछि गुणस्तर साथै आबश्यक सीप वृद्धिका लागि उक्त तालिम आयोजना गरिएको बताउनुभयो ।
पौडेलले राज्यको लगानीमा लापरबाही गर्ने छुट कसैलाई पनि नभएको भन्दै अब पनि कमिकमजोरी नसच्चिए कसैले पनि उन्मुक्ति नपाउने उल्लेख गर्दै आम जनताको गुनासो सुन्न र सफल समन्वयका लागि गुनासो डेस्क समेत स्थापना भएको जानकारी दिनुभयो।
उहाँले कुनै कमिकमजोरी देखिएमा तत्काल जि स स को उजुरी पेटिका, फोन वा इमेल ddckaski @gmail मार्फत सूचना दिन आग्रह गर्दै तत्काल समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपभोक्ता समितिले आफ्नो कम र जिम्मेवारीलाई प्रभाबकारी बनाउन सके अन्य सरोकारवाला चनाखो हुने भन्दै निष्पक्षता र पारदर्शीतामा समितिहरूले ध्यानदिनु पर्ने पौडेलको भनाइ थियो।
जनप्रतिनिधि, राष्टसेवक, कर्मचारी र उपभोक्ता सहित सबै सरोकारवालाहरूले समन्वयात्मक तबरले काम गरे मात्रै हामीले चाहेको बिकास र समृद्धि सार्थक हुने उहाँको भनाइ थियो। प्रशिक्षणमा पूब सि डि इ भुपेन्द्र गौचन, कोष तथा लेखा नियन्त्रण कार्यालयका केशवराज ढकाल, जिल्ला समन्वय समिति कास्कीका शाखा अधिकृत झबिश्वर रेग्मी, सहजीकरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा कास्कीका पाँच पालिकाका उपभोक्ता समितिका अध्यक्ष तथा पदाधिकारीको उपस्थिति रहेको थियो। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा स्वागत उप - प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नबराज बरालले गर्नुभएको थियो।
.gif)




 x 450 (H) Global Pana.jpeg)


