पर्सा । घुमुवा प्रहरी हुँ भन्दै व्यापारीहरूसँग महिनावारी रकम उठाएको अभियोगमा एकजना पक्राउ परेका छन । बारा आदर्श कोतवाल गाउँपालिका-८ लक्ष्मीपुर बस्ने ५५ वर्षीय गोबिन्द महतो कोईरीलाई प्रहरीले पक्राउ गरेको हो ।
कोईरीले ५-६ महिनादेखि आफूलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटी आएको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी हुँ भन्दै वीरगञ्ज महानगरपालिका-२३ हरपतगञ्जस्थित व्यापारीहरूसँग रकम उठाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले उनलाई वीरगञ्ज महानगरलिका-२३ सुगौली विर्ताबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


